शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • जगन्नाथ
  • कर्णाली नदिमा पानीको बहाव बढ्यो, सतर्क रहन जगन्नाथ गाउँपालिकाको अनुरोध

कर्णाली नदिमा पानीको बहाव बढ्यो, सतर्क रहन जगन्नाथ गाउँपालिकाको अनुरोध

  • बुधबार, साउन ४, २०७९
कर्णाली नदिमा पानीको बहाव बढ्यो,  सतर्क रहन जगन्नाथ गाउँपालिकाको अनुरोध

बाजुरा — लगातरको बर्षातका कारण पानीको बहाफ बढेपछि कर्णाली नदिमा पानीको बहाव बढेको छ । नदिमा पानीकाे बहाव बढेस‌गै कर्णाली नदि आसपासका क्षेत्रमा बसाेबास गर्नेहरुले सजग रहन जगन्नाथ गाउँपालिकाले अनुराेध गरेकाे छ । कर्णाली नदि रहेका झोलुंगे पुल समेत उच्च जोखिममा बनेका छन । कर्णाली नदिमा पानीको बहाव बढेपछि जगन्नाथ र स्वामीकार्तिक गाउपािलका जाेड्ने पीलुचाेरमा रहकाे झोलुंगे पुलमा आवतजावतमा समस्या भएको छ ।

May be an image of body of water, mountain and nature
लागातारको बर्षाले कर्णाली नदिमा पानिको बहाव बढेपछि स्थानियलाई सचेत रहन आग्रह गरेको जगन्नाथ गाउँपालिकाले जनाएकाे छ। कर्णाली नदिमा रहेका झोलुंगे निकै जोखिममा रहेका छन्, नदि नजिकैका बस्ति समेत जोखिममा रहेको जगन्नाथ गाउँपालिकाका प्रधानमन्त्री राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका  छन् ।

No description available.
कर्णालीको पिलुचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । स्वामीकार्तिक खापर गाँउपालिका जाने मुख्य पुल रहेको छ । दैनिक चार पाँच सय भन्दा बढि मानिस र दैनिक उपभोग्य सामान बोकेर खच्चर पुल वारपार गर्ने गरेका छन् ।

No description available.
पानीको बहाव बढेपछि त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल निकै जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्थानियले बताएका छन् ।  एकातिर बर्षौ पुराना पुलहरु जिर्ण छन्, अर्कोतिर कर्णाली नदिको पानीकाे सतह पुलको नजिक आएपछि निकै जोखिम रहेको स्वार्मीकार्तिक खापर गाँउपालिका सुचना अधिकारी कुबेर शाहीले वताएका छन् ।

May be an image of body of water, mountain and nature

नदिमा पानीको बहाव नाप्ने कुनै पनि यन्त्र नभएकाले जोखिमता पनि अध्ययन गर्न असहज भएको वताएका छन् । नदिमा पानीको बहाव बढेसँगै गाँउपालिकाले स्थानियलाई आवतजावतमा ध्यान पुयाउन आग्रह गरेको छ । कर्णाली नदिमा पानी बढदै गएपछि बाजुरा, हुम्ला, कालिकोट अछाम, सुर्खेतका कर्णाली नदिको तट्यि क्षेत्रहरुमा जोखिम बढेको छ ।

May be an image of body of water, mountain and nature

चर्चामा

सम्बन्धित समाचार