मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • बाजुराको छेडेदह ताल पहिरोको उच्च जोखिममा

बाजुराको छेडेदह ताल पहिरोको उच्च जोखिममा

  • मङ्लबार, साउन ३, २०७९
बाजुराको छेडेदह ताल पहिरोको उच्च जोखिममा

टेक बहादुर बुढा 
बाजुरा–बाजुराको खप्तड छेडेदह गाउपालिकामा रहेको छेडेदह ताल पहिरोको उच्च जोखिममा रहेको छ । छेडेदह ताल लगातार बर्षाका कारण तालको छेउमा पहिरोे बग्दा ताल उच्च जोखिममा बनेको हो ।
तालको छेउमा धेरै बर्ष पहिले देखी पहिरो बगिरहेको छ । पहिरो तालको नजिकै पुगिसकेको छ । स्थानीय नर बहादुर रावतले भने बाजुराको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको छेडेदह ताल फुटन सक्ने सम्भाबना रहेको वताए । ताल पहिरोको उच्च जोखिममा बन्दा कसैको ध्यान नगएको रावतले वताएका छन् । तालको छेउमा ठुलो पहिरो बगिरहेको छ । हिउँदमा रोकिएपनि बर्षात शुरुवात भएपछि सधै पहिरो बगिरहेको छ, ताल नजिक पुग्न थोरै रहेको रातवले वताए ।
छेडेदह ताल बाजुराको ठुलो सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय तह देखी केन्द्रीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने स्थानियले वताएका छन् । खप्तड छेडेदह गाउपालिकाको यो मेरै सम्पत्ति हो भन्ने हेतुका साथ प्रतिबद्ध भएर लाग्नुपर्ने स्थानीय बिमल धामीले बताए । तालको संरक्षणमा सरकार को ध्यान पुग्न नसकेको छ । पालिकाले यसको संक्षण गरेमा यस क्षेत्रको आर्थिक विकास र पहिचान बढ्ने देखिन्छ । अहिलेको समस्या भनेको तालको नजिकै बगिरहेको पहिरो हो, यसलाइ रोकथाम गर्नु पर्ने धामीले बताए ।
छेडेदह ताल मार्तडी थामलेख सडक खण्डको छेउमै पर्ने गर्छ । रारा खप्तड पैदल यात्रासँगै जोडिएकोले तालको महिमा बढी छ । तर संरक्षण अभावमा ओझेलमा छ । तल हेर्दा पनि सुन्दर छ, चारैतिर हरियाली, बीच भागमा मनोमहक नै देखिन्छ, यसलाइ संरक्षण गर्न आबश्यक रहेको ताल हेर्न पुगेको स्थानियले वताएका छन् ।
छेडेदह ताल संरक्षण विकास बोर्डका पुर्व अध्यक्ष गोविन्द रावतले भने छेडेदह तालको विकास र संरक्षणमा सबैले एक जुट भएर लाग्नुपर्ने वताए । खप्तड छेडेदह गाउँपालिका को साझा सम्पत्ति का रुपमा रहेको छेडेदह तालको विकास र संरक्षणका लागि गाउपालिका सधै प्रतिबद्ध रहेको गाउपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् । छेडेदह तालको नजिकै बगिरहेको पहिरोलाई आफ्नो कार्यकालमा अध्ययन अनुसन्धान गर्ने वताए ।
पहिरो रोकथामका लागि डिपिआर र बिभिन्न आधुनिक टेक्नोलोजी को प्रयोग गरेर पहिरो रोक्नका लागि योजना बनाउने अध्यक्ष रावतले बताए । छेडेदहताल लाई बाजुरा को प्रमुख पर्यटकीय स्थल पर्यटकहरुको लागि आकर्षित र यस ठाउँको आर्थिक विकास का निम्ति ठुलो महत्व रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार