शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा जिल्लामा ७ स्थानिय तह बाहेक ४५ करोड भन्दा बढी बजेट फ्रिज

बाजुरा जिल्लामा ७ स्थानिय तह बाहेक ४५ करोड भन्दा बढी बजेट फ्रिज

  • मङ्लबार, साउन ३, २०७९
बाजुरा जिल्लामा ७ स्थानिय तह बाहेक ४५ करोड भन्दा बढी बजेट फ्रिज

बाजुरा–बाजुरा जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा ७ स्थानिय तह बाहेक ४५ करोड भन्दा बढी रकम बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराका अनुसार जिल्लामा गत आर्थिक वर्षमा चालू तथा पुँजीगत दुवैतर्फ ४५ करोड ६६ लाख २१ हजार ९ सय ८१ रुपैयाँ फिर्ता गएको कोलेनिका बाजुराका कार्यालय प्रमुख धर्म साउदले वताएका छन् ।
९ वटा स्थानिय तह मध्ये जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका बाहेक अरुले कोलेनिकामा कुनै पनि जानकारी नगरेकोले ७ स्थानिय तहको कति फ्रिज गएको कुनै जानकारी नभएको कोलेनीका बाजुराले जनाएको छ । सबै स्थानिय तहको विबरण आएमा झण्डै ६० करोडको हाराहारीमा फिर्ता भएको हुन सक्ने कोलेनीका बाजुराले जनाएको छ ।
जिल्लामा रहेका ७ ओटै स्थानिय तहको खर्च र बाकी रकम आउन बाकी रहेको कोष तथा लेखा नियन्त्रक साउदले बताएका छन् । अन्य कार्यालयको भने सबै विवरण आइसकेको कोलेनीका बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार