बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • झुलङगे पुल पहिराेका कारण जाेखिममा हुँदा आवत जावतमा समस्या

झुलङगे पुल पहिराेका कारण जाेखिममा हुँदा आवत जावतमा समस्या

  • सोमवार, साउन २, २०७९
झुलङगे पुल पहिराेका कारण जाेखिममा हुँदा आवत जावतमा समस्या

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउपालिका को वडा नं ३ र ४को बिचमा रहेको गुदुगाड खोलामा झुलङगे पुल जाेखीममा हुँदा नागरिकहरूलाई  आवतजावतमा समस्या भएको छ ।  झुलङगे पुल गत बर्षकाे साउन महिनामा आएको अबिरल बर्षाका कारण पुलको किनारमा ठुलो पहिरो गएकाे थियाे । पहिराेले पुल जाेखिममा हुँदा वारपार गर्ने ठुलो समस्या भएको स्थानीय ले बताए वडा नं ३की एक स्थानीय मङगली धामीले बताइन । पुल जाेखिममा हुँदा अहिले हामीलाई गुदुखाति स्वास्थ्य चौकीमा जान पनि समस्या हुने गरेकाे धामीले बताइन । पहिले हामी आधा घण्टामा स्वास्थ्य चौकी पुग्थ्यौ तर अहिले पुल नभएकका कारण माथि बाट घुमेर जादा करिव तिन घण्टा लाग्ने र त्यति लामो बाटो हिडेर जानु पर्दा याहाँका बिरामी लगायत हामी महिलाहरु लाई निकै सास्ती भएको स्थानीय धामीले बताइन ।

 झुलङगे पुलमा पहिरो लाग्दा हामीलाई स्वास्थ्य चौकी जान र हाम्रा छोराछोरी लाई स्कुल लगाउन पनि समस्या रहेको स्थानीय बिष्णु धामीले बताए । अहिले पुल नहुँदा हाम्रा छोराछोरी लाई टाढा टाढा को स्कुल लगाउन बाध्य भएका छौ त्यति टाढा स्कुल जानुपर्दा साना बालबालिकाहरु हिड्न नसक्ने र उनिहरुले स्कुल समेत छोड्नु पर्ने बाध्यता रहेको बताए धामीले बताए ।
बर्षेनी खोला बाट धेरै बिद्यार्थी हरु प्रभावित भईरहदा पुल मा पहिरो लागेको एक बर्ष बितिसक्दा पनि कसैले ध्यान नदिएको र हामी नागरिकहरू लाई ठुलो समस्या रहेको स्थानीय धामीले बताए । खप्तड छेडेदह गाउपालिका वडा ४ का वडा सदस्य भिम बहादुर धामीले भने अघिल्लो वडा सरकारले निर्माण गर्ने सकेन तर अब हामी यस्तो समस्या लाई गम्भीर रहेकाे धामीले बताए ।

चर्चामा

सम्बन्धित समाचार