शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विश्व बैंकबाट नेपाललाई पौने १३ अर्ब ऋण स्वीकृत

विश्व बैंकबाट नेपाललाई पौने १३ अर्ब ऋण स्वीकृत

  • शुक्रबार, असार ३१, २०७९
विश्व बैंकबाट नेपाललाई पौने १३ अर्ब ऋण स्वीकृत

विश्व बैंकले नेपालका लागि एक सय मिलियन डलर (पौने १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले उक्त ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट ((जीआरआईडी) का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड-१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताएका छन् ।

उनका अनुसार यो ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने भएको छ । यी कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरिबी निवारणमा सहयोग पुग्ने विश्व बैंकको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार