शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा ६० औँ साक्षर जिल्ला घोषणा

बाजुरा ६० औँ साक्षर जिल्ला घोषणा

  • बिहिबार, असार ३०, २०७९
बाजुरा ६० औँ साक्षर जिल्ला घोषणा

जँग रावल/बाजुरा — बाजुरा जिल्लालाई एक कार्यक्रमका बिच ६० औँ साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका  पनि ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिए सँगै बाजुरालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
जिल्लामा रहेका ९५ प्रतिशत नागरिक लेख्न पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहले जिल्लाका ९५ प्रतिशत नागरिक साक्षर भएको बताएका छन । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनसंख्या साधारण लेखपढ गर्न सक्ने भए सँगै बाजुरा जिल्ला ७७ वटै जिल्ला मध्ये बाजुरा जिल्ला ६० औँ जिल्लाको रुपमा घोषणा गरिएको जिल्ला शिक्षा समन्वय ईकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताए ।
लेख्न, पढ्न, चिठी लेख्न, मोबाईल र क्याल्कुलेटर चलाउने लगायतका मापदण्डका आधारमा ब्यक्तीलाई शाक्षर मानिएको छ । सोही मापदण्ड अनुसार जिल्लामा ९५ प्रतिशत नागरिक शाक्षार भएको तथ्याङक रहेको जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराले जनाएको छ ।
सरकारले दुई वर्षभित्र सबै जिल्ला साक्षर घोषणा गर्ने गरी चालु आर्थिक वर्षको अन्त्य सम्ममा प्रत्येक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने निणइय गरेको थियो । साथै आगामी आर्थिक वर्षमा बझाङ, बाजुरा, कञ्चनपुर र महोत्तरी गरी थप ४ जिल्ला साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका प्रमुख सिंहले बताएका छन ।
त्यस्तै समग्र बाजुराका निरक्षरलाइ साक्षर बाउन प्रत्येक पालीकाका प्रमुख र उपप्रमुखले एकताबद्धरुपमा लाग्नु पर्ने  साँसद लाल बहादुर थापाले बताए ।  जिल्ला साक्षर घोषणा कार्यक्रमका प्रमुख अतिथि थापाले नयाँ जनप्रतिनिधिलाई कार्यकालको शुभकामना सहित बाँकी साक्षर प्रतिशत पुरा गर्न समेत सुझाब दिएका छन ।
बाजुरा जिल्लाका नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएकोमा साक्षर घोषणा कार्यक्रमका प्रमुख अतिथि र  प्रजिअ प्रकाश चन्द अधिकारीले खुशी व्यक्त गरें ।  ‘अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन त्यसैमा बाजुरा जिल्ला भौगोलिक बिकटताले पनि पछि परेको भएता पनि बाजुरा जिल्लालाई ६० औँ स्थानमा साक्षर जिल्ला घोषणा गरेकोमा जिल्ला शिक्षा समन्वय इकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहलाई प्रमुख जिल्ला अधिकारीले धन्यवाद दिएका छन।  बाजुरा जिल्लालाई र यहाँका नागरिकलाई साक्षर बनाउन र बाजुरा जिल्ला न यो बर्षको भन्दा अगाडीको स्थानमा साक्षर जिल्ला बनाउन सबैको भुमिका रहेको बताए जिल्ला शिक्षा समन्वय इकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहले बताए ।
जिल्ला शिक्षा समन्वय इकाइ बाजुराकाको आयोजनामा बडिमालिका नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत किरन बिकको अध्यक्षतामा संचालन भएको कार्यक्रम संचालन बडिमालिका नगरपालीकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रंगमल बिकले गरेको थिए । सो कार्यक्रमको प्रमुख अतिथि संघिय साँसद लाल बहादुर थापा रहेका थिए । कार्यक्रमका बिषिष्ठ अतिथिहरु स्थानीय तहका जनप्रतिनिधि रहेका थिए भने अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, जिल्ला शिक्षा समन्वय इकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंह,  शुरक्षा निकायका प्रमुखहरु रहेका थिए । कार्यक्रममा  सरकारी तथा गैरसकरकारी सँस्थाका कर्मचारी, शिक्षक र जिल्लामा कार्यरत पत्रकारको सहभागी रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार