शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुरा : दाैनागीरीका बिद्यार्थीकाे खुल्ला आकाशमा पढाई

बाजुरा : दाैनागीरीका बिद्यार्थीकाे खुल्ला आकाशमा पढाई

  • बुधबार, असार २९, २०७९
बाजुरा : दाैनागीरीका बिद्यार्थीकाे खुल्ला आकाशमा पढाई

बाजुरा —  जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ४ मा रहेको दौनागिरी आधारभुत बिद्यालयका बिद्यार्थीहरु खुला आकाशमा पढ्ने गरेका छन । बिद्यालयको भवनको काम समयमै नहुदा सो समस्या भएको हो ।
खप्तड छेडेदह गाउँपालिकाको आयोजनामा बन्न लागेको भवनको काम समितिले गर्न नसक्दा बर्खाको समयमा बिद्यार्थीलाई पठन पाठन गर्न असहज भएको त्यहाँका अभिभावकहरुले बताएका छन ।
बिद्यालय ब्यबस्थापन समिति आफैले जिम्मा लिएको १५ लाखको काम यो आर्थिक बर्षमै सम्पन्न गर्नु पर्ने भए पनि हुन नसकेको स्थानियहरुको भनाई रहेको छ । सो बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष शेर बहादुर धामी हालै सम्पन्न स्थानिय तहको निर्बाचन २०७९ बाट निर्बाचीत वडासदस्य समेत हुन उनैका कारण अहिले हाम्रा बालबालिका खुला आकाशमा पढ्न बाध्य भएका छन अभिभावक हरुले बताएका छन । सो बिद्यालयमा कक्षा १ देखी कक्षा ५ सम्म पठन पाठन हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार