बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउपालिका वडा नं ३ धनाल्त बस्ती उच्च जोखिममा

खप्तड छेडेदह गाउपालिका वडा नं ३ धनाल्त बस्ती उच्च जोखिममा

  • मङ्लबार, असार २८, २०७९
खप्तड छेडेदह गाउपालिका वडा नं ३ धनाल्त बस्ती उच्च जोखिममा

टेक बहादुर बुढा —  लगातार बर्षाका कारण पहिरोले गर्दा जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नम्मर ३ धनाल्तको बस्ती उच्च जोखिममा रहेकाे छ । त्यस बस्ती को पहिरो २०३८ साल देखी अहिलेसम्म पनि निरन्तर पहिराे लाग्ने गरेकाे छ । पहिराे राेकथामका लागि कसैले पनि   वास्ता नगरेको स्थानीय लोक बहादुर रावतले बताए ।
धनाल्त बस्तीको तल सडक र बस्तीको छेउमा पहिरो आउदा त्यहाँका नागरिकहरू चिन्तित बनेका छन् ।  स्थानीय बादुरे बहादुर बुढाले भने कहिले यो पहिरोले हाम्रा घर जग्गा जमिन बगाएर लिन्छ कहिले हामी घर बार बिहिन हुन्छौ निकै चिन्ता लागेको उनले भने ।  यस विषयमा गाउँपालिकाले पनि केहि वास्ता नगरेको त्याहाँका स्थानीयहरुकाे भनाइ रहेकाे छ ।

वडा नम्मर ३ धनाल्तका स्थानिय  पहिराेले बगाउला भन्ने चिन्ताले रातभर जागाराम बस्ने गरेका छन स्थानिय बादुरे बुढाले बताए । गतवर्ष अविरल वर्षातका कारण घरको तल र माथिबाट पहिरो गएको र अहिले पनि त्यत्तिकै रहेको स्थानियले बताएका छन। पहिरोका कारण  दर्जन परिवार प्रभावित रहेका स्थानियले बताएका छन् । स्थानियका  अनुसार वर्षात लाग्ने बित्तिकै सबै डराइडराइ घरमा बस्नुपर्ने बाध्यता रहेकाे बताए । धेरै वर्षात भएमा घर छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता रहेकाे स्थानियकाे गुनासाे रहे‍काे छ ।

 

चर्चामा

सम्बन्धित समाचार