बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • अर्थ
  • भारतमा बढ्न थाल्यो पेट्रोलियम पदार्थको माग

भारतमा बढ्न थाल्यो पेट्रोलियम पदार्थको माग

  • शनिबार, असार २५, २०७९
भारतमा बढ्न थाल्यो पेट्रोलियम पदार्थको माग

भारतको पेट्रोलियम खपत कोरोना महामारी पूर्वकै अवस्थामा आइपुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार जुन महिनामा भारतको पेट्रोलियम खपत कोभिड–१९ महामारी अघिकै स्थितिमा पुगेको हो । भारतमा जुन महिनामा मात्रै अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पदार्थको खपत १७ प्रतिशतले बढेको छ ।

भारत विश्वको तेस्रो ठूलो पेट्रोलियम खपतकर्ता हो । धेरै पेट्रोलियम पदार्थ खपत गर्ने देशको सूचीमा भारतभन्दा अघि चीन र अमेरिका मात्रै छन् । कोरोना महामारीको समयमा भारतमा यसको खपत घटेको थियो । तर, जुन महिनादेखि महामारी पूर्वकै अवस्थामा खपत आइपुगेको बताइएको छ ।

भारतमा पेट्रोलियम पदार्थको कूल माग १८.६७ मिलियन टन रहेको तेल मन्त्रालयले जानकारी दिएको छ । भारतमा ग्यास र डिजेलको माग सन् २०२१ को सेप्टेम्बरमा सबैभन्दा न्यून बिन्दुमा पुगेको थियो । जसको तुलनामा अहिले १८ प्रतिशतले बढेको बताइएको छ ।

यसले विश्वव्यापीरूपमा भइरहेको मूल्यवृद्धिका बाबजुत भारतीय उपभोक्ताको क्रयशक्ति बढ्दै गएको देखिन्छ । यतिबेला विश्वव्यापीरूपमा ऊर्जाको मूल्य बढिरहेको छ । यद्यपी, खाद्यान्न लगायतका वस्तुमा आएको उच्च मूल्यवृद्धिले सोचे अनुरुपको माग भने सृजना भइरहेको छैन ।

जुन महिनाको पहिलो दुई सातादेखि भारतीमा पेट्रोलियम पदार्थको माग ह्वात्तै बढ्न थालेको थियो । जुन,अहिले पनि जारी रहेको रोयटर्स उल्लेख गर्छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार