शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो समाजिक दृष्टीकोण-लघुकथा!

हाम्रो समाजिक दृष्टीकोण-लघुकथा!

  • सोमवार, असार १३, २०७९
हाम्रो समाजिक दृष्टीकोण-लघुकथा!

सुरेशकुमार पान्डे — नयां दिल्लीको रेलवाई स्टेसन बाट झरेपछि गोरेलाल श्रद्धानन्द मार्ग नयाँ दिल्ली छ नजिक कमला मार्कीट भन्ने ठाउमा पुग्छ। मैते उसैको पछि पछि लुरू लुरू हिंडेको थियो उसलाई गोरेलाल कुन ठाउँ जांदैछ भन्ने कुरा त्यो साइन बोर्ड लाई हेर्दा पडेको बाहेक अरू बुझ्न सकिन।कसै कसैले अजमेरी गेट पनि भनेको उसका कानमा पय्रो तर बोली बुझ्न नसकेर होला उसलाई अनौठो महुसुर्स् भयो।सूर्यको बास बस्ने वेला भयको अनुमान गर्न सकिनथ्यो।गाडी रिक्सा र अटोहरूको भिडमा गोरेलाल छिट्छिटो पैताला चाल्दै थियो उसलाई भेटाउँन मैतेलाई दौड्नै पर्दथ्यो।
मैते भर्खर दश बर्ष पुगेको नाबालिग हो भने गोरेलाल अर्ध बैंसको ब्याक्ति हो उसले कनाट पोलिसको एउटा कम्पनिमा चप्रासिको काम गर्थ्यो।
स्वदेशबाट आउँदा मैते की आमालाई नाई भन्न नसकेर मैतेलाई ल्याएको थियो।मैतेकी आमाले गाउमा आर्काको निमेक गरेर गुजारा गर्थिन गरिवीले दुखी भयर केही थपथाप हुन्छ की भन्ठानेर आफ्नो मुटुको टुक्रालाई गोरेलाल सँग लाहुर पठाएकी हुंन।उति वेला त गोरेलालले हुन्छ मैले यो केटालाई राम्रो काम खोजेर लगाईदिउँला भनेर मैतेकी आमालाई खेत बारीमा कजायो।
तर अहिले किन ल्यायछुँ भन्ने भयको थियो।दिल्लिको ठाउमा बस्ने क्वाटर महंगो भयकोले चार जना मिलेर एउटा स्यानो रूम लिएका थिए त्यसैले गोरेलाल आफ्नो क्वाटरमा जानेभन्दा पहिले नै मैतेलाई कतै छाड्ने बिचार गय्रो।
अहिले त्यो श्रद्धानन्दमार्ग भन्ने ठाउमा एउटा स्कुलको पास पुगेको थियो।त्यहाँ उसका गाउँले केटाहरूले कसैले होटेलमा कसैले होटेलका माथी दोस्रो र तेस्रो तलामा बनेका घरहरू जस्तै देखिने ब्यस्यालयमा काम गर्ने रहिछन।मैतेलाई ब्यस्यालय भनेर केलाई भन्छन त्यो थाहानै थिएन।एकैछिन स्कुलको नजिकैको चियाको कैन्टीनमा बसेकै थिए की गोरेलाल सँग भेट गर्न उसका कयौं गाउँलेहरू त्यो ठाउमा पुगे।सांझको झिसमेसेमा सडकका बत्ती जलिसकेका थिए।चिया पसलमा चिया पिएर एकैछिन बसेका के थिए त्यहां कराउँने कुर्लिने र मान्छेहरूको भागा भाग भयो भेट गर्नै आएका केटाहरू मध्येका दुइटालाई पोलिसले समात्यो गोरेलाल भिडबाट कता गयो थाहा भयन मैते भने अहिलेपनि त्यही बसेको थियो।उसलाई कागलाई बेल पाक्यो हर्ष न बिसमता भने झैं उसको मुहारमा न त कुनै डरको चिन्ह थियो न उसले के भयको हो भन्ने बारे जानकारी भयो उसलाई मात्र गोरेलाल कतै लुकेकोछ अहिले आउंछ भन्ने आस मात्र थियो।अबेरा सम्म गोरेलाल न आएपछि भने उसलाई चिन्ता लाग्न थाल्यो रात छिप्पिंदै गयो त्यही चियाको केन्टीनमा एकजनाले दाल र रोटी लिएर आयो।
मैते आउ रोटी खाम!भन्दै बोलायो त्यो मैतेले कहिले नदेखेको अजनवी थियो।मैते न सुनेको जस्तै गय्रो तर उसले फेरी मैतेलाई हात बाट तान्दै रोटी खाने इसारा गय्रो।त्यो एउटा अधेढ उमेरको गहुंगोरो पातलो ब्याक्ति थियो बोल्दा खिसिक्क हांसेर बोल्ने गर्दथ्यो।
आँखामा गाजल लगाएको नसिला आंखा वेला वेलामा झिम झिम पार्थ्यो।देख्दा अनौठो लाग्ने त्यो अजनवी बोल्दा कती मिठो बलथ्यो त्यसको बोलीले हरकसैलाई लठ्ठै पार्न सक्छ।
अंकल हाम्रा ठुला ब कता जानुभयो?”गाउँलेको नाताले गोरेलाललाई मैतेले ठुला बा भनथ्यो”मैतेले उसै सँग सोध्छ!तिमीले रोटी खाउ तिम्रा अंकल तिम्रो लागी कतै काम खोज्न गएकाछन चिन्ता नगर उनि न आउँदा सम्म तिमी मैसँग नै बस्नेहो!भन्दै उस्ले टाउकोमा हात मसारेर स्नेह जताउँछ।
गोरेलालले मैतेलाई त्यही ब्याक्तिको जिम्मा दिएर गयको थियो खाना खाएपछि उसले मैतेलाई लिएर एउटा अनौठो बजारमा पुग्छ त्यो बजार मैतेले कहिले सपनामा पनि देखेको थिएन।झिलिमिली भयको रूमहरू भित्र गित चलेको थियों अनि नाच चलेको थियो देखेर मैते दङ्गपर्छ,त्यो ब्याक्तीले त्यही गित नृत्य चलेको ठाउमा मैतेलाई बसालेर आफु कतै बिलायो।
त्यहां कस्तो ब्यापार हुन्थ्यो मैतेलाई बुझ्न धेरै समय लाग्यो।
मानिसहरूको भिड देख्छ आउँछन जान्छन अनि वेञ्चमा बसेका महिंलाहरू मेकप गर्छन,सिसा हेर्छन र लाली पाउडर घस्न थाल्छन यहां राति राती सम्म मेला लाग्छ अनि मध्य रातपछि सुनसान हुन्छ बिहान घाम माथि माथि आउँदा सम्म मस्त निद्रामा हुन्छन।जंहा राती गित नाच चलेको थियो अहिले बिहानमा त्यो कोठाभरी महिंलाहरू सुतेका थिए त्यही एउटा कुनामा मैतेले आफुलाई भेट्छ।हिंजो उसलाई सँगै लिएर आएको रामु अनि श्यामुले घर सफा गर्छन पानीले धुन्छन र पोचा लगाउँछन।मैते अलि दिन यही तमासा हेर्छ तर केही बुझ्न सक्दैन रामुले चिया र डुइटा फाइन ल्याइदिन्छ अनि मैतेले खान्छ पैसा कले दिएकोछ त्यो पनि मैतेलाई थाहाछैन,मासु माछाको तरकारी अनि भात दिन्छन केही दिन यस्तै अनौठो पनको मनोरञ्जनमै बित्छ।
मुन्ना यो बाबु उचाल त!एउटा सानो बालखलाई मैतेलाई दिंदै एउटी शुन्दर महिँलाले भन्छे!मैतेले त्यो बालख लिएर फुलाउन थाल्छ,हा हा बाबु भन्दै!त्यो महिंलाले आफ्नो बाबुलाई खेलाउँन थालेको दृश्य बेञ्चमा बसेर अबलोकन गरिरहन्छे।
उ ग्रहाकको प्रतिक्षामा त्यो बेञ्चमा दिनौ बस्छे अनि मुस्किलले छ मैनाको सानु बाबु मैतेलाई खेलाउँन दिन्छे त्यो बाबुको बाबा कतै देखिदैन थ्यो।
बिस्तारै मैतेलाई आभास हुन्छ आफु ब्यस्यलयमा बालखको रेखदेख गरिरहेको थियो बाल मजदुरको रूपमा।बद्नाम कोठामा थुप्रै प्रान्तका महिंलाहरू थिए अनि नेपाली चेलीहरू पनि थिए त्यो बाल मनष्पटलमा बिस्तारै त्यो ठाउंको बारेमा प्रष्ट हुंदै गयो र त्यो ठाउ बाट कसरी निस्क्युं भन्दै दिनौदिन उक्ती निकाल्न थाल्यो तर आखिर कता जाने अरू नत कुनै चिनजानछ न आफ्नो मान्छे एउटा गोरेलाल बाहेक उसले चिनेको कुनैपनि थिएन।
मैतेले आफ्नो इक्षा आकंक्षा सबै त्याग्दै पैसा कमाउँन थाल्यो।आखिर समाज पनि त उस्तैछ पैसा भए पुग्छ त्यो जसोगरी प्राप्त गरेको भयपनिभयो।घरको अबस्थाले पनि उस्लाई पैसा मोहमा फसाउँदै लैजान्छ।यसरी मैतेलाई बाहिरको समाज सँग बिस्तारै सरोकार हराउँदै जान्छ त्यो दलदलमा उ भांसिंदै जान्छ।उस्ले घरमा पैसा त पठाई राख्छ तर घर फर्किंदैन केही बर्ष यस्तै बित्छ मैतेकी आमा गरिबी र असाय अबस्था बाट बिस्तारै मुक्त हुन्छे छोराछोरी पढाउँछे मैतेले निरन्तर पैसा पठाउँछ।
मैते तन्नेरी भयो अनि त्यही ब्यस्यालयको एउटी महिंला सँग प्रेम बिबहा गर्छ।त्यो ठाउमा प्राप्तगरेको पैसाले उसका भाई बैनाले डिग्री हासिल गर्छन शुन्दर घर बनाउँछन तर उनिहरूले आफ्नो दाइलाई भुसुक्कै बिर्षिन्छन।जव मैतेले गर्नेकामको बारेमा तिनै भाईहरूलाई जानकारी हुन्छ त्यही भाई सँग नफरत गर्न थाल्छन।एक दिन आमा बिमार भयको खबर पाउंछ र घर फर्किन्छ जब मैते घरफर्किन्छ भाई हरूले उसलाई घर भित्र पस्न दिदैंनन् किन की उ बिल्टो भयको थियो उनको दृष्टीमा एउटी ब्यस्यलयकी महिंला सँग बिबहा गर्नु ठुलो भुल भयको थियो।अस्पत्तालमा आमाले आखिरी स्वास लिन्छीन त्यही होस्पिटल बाटै आमालाई खोलामा लगेर पोल्छन।मैतेले त्यो अस्पत्ताल बस्दाको रिण पनि आफैले तिर्छ तर घरमा कृया गर्न बसेका भाईहरूले उस्लाई भित्र पस्न रोक्छन।
मैतेले त्यो ब्यस्यालयमा काम गरेर पठाएको धनले परिवारको अबस्थामा सुधार भयो त्यही पैसाले डिग्री लिएका ती भाइहरूले मैतेलाई अपमान गरेर घरबाट निकाले।
मैते उनिहरू लाई एककोहोरो नियाल्यो अनि उन्को खुसिमै आफुलाई सन्तुष्ट महेंशुस् गर्दै खुसीले ठुला ठुला आंसुका ढिका टप पट खसाल्दै निशब्द केही नबोली त्यँहाबाट फिर्ता भयो र आफ्नो परिवार सहित त्यो ब्यस्यालय छाडेर एउटा अटो रिक्सा चालाउन थाल्यो।

चर्चामा

सम्बन्धित समाचार