शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रष्टै भयो लुकाउने अरू कुरा केही छैन

प्रष्टै भयो लुकाउने अरू कुरा केही छैन

  • सोमवार, असार १३, २०७९
प्रष्टै भयो लुकाउने अरू कुरा केही छैन

प्रष्टै भयो लुकाउने अरू कुरा केही छैन,
अब बुझ्न रहेको अरू अधुरा केही छैन।

कहिले क्षेत्र कहिले उक्साए जाती आफै,
भांती भांतीले गर्छ स्वार्थ पुरा केही छैन।

धेरैजसो बिदेशका दलाल भरिए देशमा,
राम नाम जपे पछि राखे छुरा केही छैन।

हिंजो सुरूङ् खन्ने मध्यको बिजोग भयो,
उनि मध्यकै नि देशभक्त सुरा केही छैन।

बिदेशका अगाडी उनै नतमस्तक हुँदैगए,
छमछम नाचे वेसर्म लगाई चुरा केही छैन।

कती लेखौं यो सेतेकोपनि मुटुपिरो भयो,
अब त मनमै सकियो सबै कुरा केही छैन।

चर्चामा

सम्बन्धित समाचार