बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाले ल्यायो ३५ करोड ६७लाख ४५ हजारको बजेट

गौमुल गाउँपालिकाले ल्यायो ३५ करोड ६७लाख ४५ हजारको बजेट

  • शनिबार, असार ११, २०७९
गौमुल गाउँपालिकाले ल्यायो ३५ करोड ६७लाख ४५ हजारको बजेट

बाजुरा — गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि ३५ करोड ६७ लाख ४५ हजारको बजेट ल्याएको छ । गौमुल गाउँपालिकाको दोस्रो गाउँ सभा तथा प्रथम अधिवेशनमा उपाध्यक्ष सीता थापाले बजेट प्रस्तुत गर्नु भएको थियो ।

बजेटमा प्रशासनिक तर्फ रु ९ करोड ७३ लाख, आर्थिक विकास तर्फ रु ७ करोड ५० लाख, पूर्वाधार विकास तर्फ १० करोड ९४ लाख ४५ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ३ करोड ८० लाख, सामाजिक विकास तर्फ ५ करोड ७५ लाख २० हजार गरी जम्मा ३५ करोड ६७ लाख ४५ हजार बराबरको बजेट सभामा प्रस्तुत गर्नु भएको प्रवक्ता देव बहादुर रोकायाले बताएका छन् ।

गाउँ सभामा भौतिक पूर्वाधार विकासमा खप्तड छेडेदहको आटीचौरबाट कोट हुदै घट्मुना मार्तडी सडकलाई बाजुरा सदरमुकामको वैकल्पिक राजमार्गको रुपमा डिपी आरतयारी तथा निर्माण कार्य अगाडी बढाउने नीति अघि सारिएको छ ।
आगामी १ वर्ष भित्र वडा नं १,२ र ३ को वडा कार्यालयमा सडक सञ्चालनमा ल्याउने, वडा नं ४ र ५ सम्म आगामी ३ बर्ष भित्र ग्राबलिङ्घ गरी सक्ने र सोही सडक खण्डमा पर्ने २ वटा मोटरपुल निर्माण गरिने, घटमुना काल्चे बझाङ्घ सडक आगामी ३ वर्ष भित्र खोली सक्ने र घट्मुना देखि माझपाली सम्म निरन्तर सडक सुचारु आगामी १ वर्षबाट गरिने नीति तथा कार्यक्रममा रहेको छ ।

भौनेरा देखि घट्मुना सडकको कालोपत्रेका लागि बिशेष पहल गरिने, सबै टोलहरुमा मोटर बाटो जोड्न सडक योजना तयारी गरिने, पालिका भित्रका झोलगेपुल आवश्यक पर्ने ठाउँहरुमा आगामी ३ वर्ष भित्र निर्माण गरी सक्ने, वडा नं. ३ मा २६० मिटर लामो झोलुङ्गे पुलु. निर्माण कार्य अगाडी बढाईने भएको छ ।

सबै बस्तीमा सहजै टेलिफोन सेवा सञ्चालनका लागि आवश्यक ठाउहरुमा टावर स्थापना गरिने छन् भने बसालाको डाँडोमा आगामी एक वबर्ष भित्र टावर सञ्चालन गर्ने गरी पहल गरिने भएको छ । सबै विद्यालयका पूर्वाधार निर्माणको कार्य आगामी ३ वर्षभित्र सम्पन्न गरिने र सबै विद्यालय भित्र इन्टरनेट सेवा सञ्चालन गरिने कार्य आगामी दुई वर्ष भित्र गरिने कार्यक्रम अघि बढाईएको छ ।

आगामीदुई वर्षभित्र सबै टोलहरुमा एउटा एउटा सामुदायिक भवन निर्माण गरिने भएका छन् भने गाउँलाई गाउँशहर बनाउने योजना अगाडी बढाउन लागि विभिन्न ग्रामीण बस्ती विज्ञहरुको सहयोग लिइने भएको छ ।
आर्थिक विकास तर्फ कृषिमा“एक घर दुई बारी तोरी, पाँच घार मौरी अनिवार्य गरिने छ । कृषकहरुलाई व्यवसायअनुसारको अनुदान उपलब्ध गराईने, एक घर एक ग्रीन हाउस उपलव्ध गराईने, हरेक वडामा कोल्ड स्टोर स्थापना गरिने,उत्पादनलाई वजार सम्म पुगाउने अनुदानको व्यवस्था गरिने, सबै प्रकारका वीउ विजन निःशुल्क उपलव्ध गराइने, एक घर एक जडीबुटी नर्सरीको नीतिलिई राहात कार्यक्रम अघि बढाउने कार्यक्रममा उल्लेख छ ।

पर्यटन तर्फ: आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विशेष योजना बनाउदैं मानव निर्मित स्थलहरु निर्माण तथा प्राकृतिक स्थलहरुको खोजी र संरक्षण गरिने भएको नीति अघि सारेको छ ।
उद्योग तथा वाणिज्य, सहकारी एक गाउँ एक उत्पादन, एक घर एक उद्यमको मोडलबाट अगाडी बढीने, विभिन्न कच्चा पदार्थको प्रयोग, रोजगारी सिर्जना तथा पालिकाको पहिचान दिने नमुना काम गरिने, हरेक परिवारको वार्षिक आम्दानी दुई लाख पु¥याईने भएको छ ।

सामाजिक विकास तर्फ: खानेपानी तथा सरसफाईमा एक घर एक धारा योजना अगाडी बढाइने छ । हाल सम्म २ वटा गाउँहरुमा सुरु भएकाले आगामी ५ वर्ष भित्र सबै घरमा धारा पुर्याईने, हरेक घरलाई सुन्दर बनाउन सुन्दर घर सहयोग कार्यक्रम लागु गरिने, सुन्दर गाउँबनाउन हरेक घरको आँगनमा बगैंचा तथा वृक्षारोपण कार्यक्रम लागु गरिन, महिनावारीलाई सुरक्षित तथा व्यवस्थित बनाउन हरेक टोलमा सेनेटरी प्याड बंक स्थापना गरिने, हरेक टोलमा एउटा आधुनिक सार्वजनिक शौचालय तथा स्नान गृह निर्माण गरिने नीति लिईएको छ ।

स्वास्थ्य तर्फ : सबै टोलहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरिने छन जहाँ सबै आधुनिक सुविधाहरु भएका हुने भएका छन् । हरेक परिवारलाई स्वास्थ्यविमा अनिवार्य गराइने भएको छ । पालिकावाट सुविधा प्राप्त गर्ने सबैलाइ अनिवार्य स्वास्यविमा गराइने छ ।

१ सय १० प्रकारका औषधी व्यवस्थापन र ठुलो उपचारलाई सहयोग कार्यक्रम ल्याइने भएको छ । स्वास्थ्य स्वयंम सेविकाहरुको सुविधालाई वैज्ञानिक ढंगले व्यवस्थापन गरिने, उत्कृष्ट ५ जना महिला स्वास्थ्य स्वयंम सेविकाहरुलाई १ लाख बराबरको प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।
वडा नम्बर ६ मा १० शैया अस्पताल स्थापना गरिने छ भने वडा नं २ मा निर्माणधिन अस्पताल १ बर्षभित्र सचालनमा ल्याइनभएको छ । सुत्केरी हुन नसकेका जटिल अवस्थामा तत्काल उद्धारका लागि हेलिकप्टर, एम्बुलेन्स तथा अन्यद्रुत व्यवस्था गरिने भएको छ ।
शिक्षा तर्फ: हरेक शिक्षकको हातमा ल्यापटप, शिक्षकलाई तालिम सूचना मैत्री शिक्षा र स्वच्छ वातावरण मैत्री विद्यालय बनाईने, निजी विद्यालयसंग सहकार्य गरी ज्ञानको आदानप्रदान मार्फत बालबालिकालाई योग्य बनाईने भएको छ भने त्यसका लागि सबै शिक्षकहरुलाई अनिवार्य तालिम दिइने भएकोे छ ।

खोज अनुसन्धानमुल कशिक्षामाजोड दिइनेछ । यसका लागि दक्ष शिक्षकको व्यवस्थापन र शिक्षकहरुको सम्मान गरिदै लगिने भएको छ । सबै विद्यालयमा अनिवार्य इन्टरनेटको व्यवस्था गरिनेछ । ईसीडीका शिक्षिकाहरुको शैक्षिक योग्यताअनिवार्य १२ पास गरेको हुनुपर्ने नीति अघि सारिएको छ ।

आगामी आ.व.भित्रकक्षा १ बाट अनिवार्य अंग्रेजीमा ध्याम लागु गरिने छ । यसका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्दै लगिने छ । माध्यामिक विद्यालयहरुमा अनिवार्य व्यवस्थापन संकायमा प्रमाणपत्र तह पास गरेको लेखापाल राखिने छ ।
संस्कृति प्रवद्र्धन तर्फ पालिकामा एउटा सांस्कृतिक संग्राहलय निर्माण गरिने भएको छ । लोपउन्मुख भेषभुषा तथा संस्कृतिको जर्गेना गर्न साँकृतिक सप्ताह मनाउने व्यवस्था गरिने भएको छ । नयाँ आविष्कार खोज अनुसन्धान गर्ने व्यतिmलाई १ लाख ५० हजार बराबरको पुरस्कार दिईने भएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा सबै प्रकारका विभेद अन्त्यका लागी विशेष कार्यक्रम ल्याइने भएको छ । सबै दलित समुदायका सबै परिवारका लागि एक परिवार एक आयआर्जन कार्यक्रम लागु गरिने, भुमिहिन दलित तथा विपन्न परिवारलाई जमिनको व्यवस्था गरिने, दलित तथा विपन्न समुदायका उच्च शिक्षा अध्ययनरत छात्रा छात्रहरुलाई छात्रबृत्तिमा विशेष प्राथमिकता दिईने भएको छ ।

महिलाहरुलाई पुरुष सरहको समान सहभागितामा पुर्याउन महिलाल क्षितक्षमताअभिबृद्धि तालिम सञ्चालन गर्ने, महिला अनुकुल नीति बनाउने र अनुदानका कार्यक्रम लागु गरिने भएका छन् । एक घर एक महिला क्याप्टन, एक टोल एक महिला समुह, एक वडा एक महिला मञ्च गठन गरिने भएका छन् ।

आगामी आ.व. बाट बालमैत्री बजेटलाई प्राथमिकता दिइने भएको छ । ज्येष्ठ नागरिक मञ्च गठन गरिनेछ । ज्येष्ठ नागरिक गफ चौतारी निर्माण गरिने छन् । सामाजिक सुरक्षा भत्तालाई बैकिङ्ग प्रणाली मार्फत सबैको घरमानै पुर्याउने व्यवस्था गरिने भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई समानता तथा दक्षता अनुसारको काम र आवश्यक तालिमहरुको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै वनवातबरण तथा विपद् व्यवस्थापन वन क्षेत्रको संरक्षणका लागि वन उपभोक्तालाई सक्रियव नाईन, भुमि बैकको स्थापना गरी भुमि विहीन तथा इच्छुक व्यवसायीलाई उपयोगमा लगाईने, जलवायु अनुकुलन कार्यक्रम लागु गरिने, कटान हुदै गएको जमिनको संरक्षणका लागि तट्बन्धन तथा वृक्षारोपण कार्यक्रम लागु गरिने, हरेक विपद्को सामना गर्न तथा विपदमा परेकाको लागि आवश्यक राहतलाई द्रुत मार्गको व्यवस्था गरिने, एक वडा एक हेलिप्याड निर्माण गरिने भएका छन् ।

सुशासन तथा संस्थागत विकासमा कार्यालयको कामलाई पारदर्शी र प्रविधी मैत्री बनाइने, हरेक सूचनालाई सवै नागरिकको मोबाइलमा पुग्ने गरी एसएमएस प्रणाली लागु गरिने, पालिकाको मोवाइल एप्स निर्माण गरिने, आजको काम आजै भोलीको काम भोली नीति लागु गरिने भएको छ । गाउँ सभामा सभाध्यक्ष हरि बहादुर रोकायाले प्रस्तुत गरिएका नीति तथा कार्यक्रम माथि टिप्पणी गर्न समय दिएको भएपनि गाउँसभा सदस्यहरुले बहुमतका साथ नीति तथा कार्यक्रम र बजेट गाउँ सभाबाट पास गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार