शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरामा चरेश मुद्दाको फरार एक यूवक पक्राउ

बाजुरामा चरेश मुद्दाको फरार एक यूवक पक्राउ

  • मङ्लबार, असार ७, २०७९
बाजुरामा चरेश मुद्दाको फरार एक यूवक पक्राउ

बाजुरा — लागु औषध चरेश मुद्धाका फरार रहेका एक जना प्रकाउ परेका छन । पक्राउ पर्नेमा फरार रहेको प्रतिवादी जिल्ला बाजुरा, गौमुल गाँउपालिका वडा नं.१ बस्ने बर्ष ३६ को राम बहादुर बोहरा रहेका छन । उनलाई सदरमुकाम मार्तडी वडा न ९ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा जिल्ला अदालत, बाजुराबाट मिति २०७७ चैत्र २४ गतेको फैसलाले लागु औषध (चरेश) मुद्दामा ५ महिना ०२ दिन कैद र दुई हजार जरिवाना हुने ठहरी फैसला भएको थियो । अदालतले निज प्रतिवादीलाई सजाय भुक्तानको लागी जिल्ला कारागार बाजुरामा पठाईएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार