शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • अख्तियारमा उजुरी पर्नेमा बाजुराको गौमुल शुन्य, सबै भन्दा बढि बडिमालिका नगरपालिका

अख्तियारमा उजुरी पर्नेमा बाजुराको गौमुल शुन्य, सबै भन्दा बढि बडिमालिका नगरपालिका

  • सोमवार, असार ६, २०७९
अख्तियारमा उजुरी पर्नेमा बाजुराको गौमुल शुन्य, सबै भन्दा बढि बडिमालिका नगरपालिका

बाजुरा — अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा उजुरी पर्नेमा बाजुराको गौमुल गाउँपालिका शुन्यमा रहेको छ । अख्तियार दुरुपयोगमा बाजुराका नौ ओटा स्थानीय तह मध्य सबै भन्दा बढि बडिमालिका नगरपालिकाका मुद्धा रहेका छन ।
आव ०७८/७९ को जेठ मसान्त सम्म बडिमालिका नगरपालिकाका १३ ओटा मुद्धा अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा परेको तथ्याङ्क रहेको छ । जसममध्ये ९ ओटा मुद्धा फच्र्यौट भईसकेको अख्तियार दुरुपयोग अनुसन्धन आयोग कन्चनपुरको तथ्याङकमा रहेको छ ।
यो आर्थिक बर्षको जेठ मसान्त सम्म सबै भन्दा कम मुद्धा खप्तड छेडेदह गाउँपालिकाको रहेको छ । सो गाउँपालिकाको १ मात्रै मुद्धा अख्तीयारमा परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । हिमाली गाउँपालिकाका ५ ओटा मुद्धाहरु रहेका छन । त्यसै गरी स्वामिकार्तिक खापर गाउँपालिकाका ५ मुद्धा रहेको तथ्याङ्कमा उल्लेख छ ।
जगन्नाथ गाउँपालिकामा ४ ओटा, बुढिनन्दा नगरपालिकामा ४ र बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकामा ३/३ ओटा मुद्धा रहेको पाईएको छ ।
बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहका गरि जम्मा ३८ मुद्धा परेका र १८ मुद्धा फच्र्यौट भईसकेका र २० ओटा मुद्धा बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगले जनाएको छ । भ्रष्टाचारको अनुभुती सुचाङमा नेपाल १ सय १७ औँ स्थानमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार