शुक्रबार, असार १७, २०७९
  • होमपेज
  • समाज
  • बैतडीबाट एक युवती बेपत्ता

बैतडीबाट एक युवती बेपत्ता

  • सोमवार, असार ६, २०७९
बैतडीबाट एक युवती बेपत्ता

बैतडी– बैतडीबाट एक विवाहित युवती बेपत्ता भएकी छिन्। सिगास गाउँपालिका– ८ की १८ वर्षीय श्रीमती सरस्वती बोहरा बेपत्ता भएकी हुन्। शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको श्रीमान् रमेश बोहराले बताए। शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका छन्। प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भइरहेको छ। रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी विवाह गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार