बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका वडा नम्मर ५ को योजना तर्जुमा सम्पन्न

जगन्नाथ गाउँपालिका वडा नम्मर ५ को योजना तर्जुमा सम्पन्न

  • बिहिबार, असार २, २०७९
जगन्नाथ गाउँपालिका वडा नम्मर ५ को योजना तर्जुमा सम्पन्न

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिकाले बजेट अधिबेशनको तयारीमा जुटेको छ । बजेट अधिबेशनमा कस्ता कार्यक्रम ल्याउने भन्ने बिषयमा वडामा योजनाहरु छनौट कार्य भइरहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ । सोही क्रममा जगन्ना गाउँपालिका वडा न ५ को योजना तर्जुमा गोष्टी सम्पन्न भएको वडा न ५ का वडा अध्यक्ष गौरी सार्कीले बताएका छन ।
बुधबार वडामा टोल समितिबाट आएका योजनाहरुको प्राथमिकरण गरी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको वडा अध्यक्ष शार्कीले बताएका छन । वडा अध्यक्ष गौरी सार्कीको अध्यक्षतामा संचालन भएको योजना तर्जुमा गोष्ठीले वडामा खानेपानी, कृषि, सिचाई लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेको वडा अध्यक्ष शार्कीले बताएका छन । गाउँ लाई आत्मनिर्भर बनाउने योजनालाई नै प्राथमिकरण गरी गाउँ सभामा लैजाने बताएका छन ।
योजना छनौटमा स्थानीय सबैको सहभागीतामा छनौट गरीएकोले प्रभाबकारी रुपमा अगाडी बढाउन आफु लागि पर्ने वडा अध्यक्ष शार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार