सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा बृहत खानेपानीको अनुगमन

बडिमालिका नगरपालिकाद्धारा बृहत खानेपानीको अनुगमन

  • बुधबार, असार १, २०७९
बडिमालिका नगरपालिकाद्धारा बृहत खानेपानीको अनुगमन

बाजुरा — बडिमालिका नगरपालिकामा नयाँ जनप्रतिनिधी आईसकेपछि पहिलो पटक सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको अनगुगमन गरेका छन । सदरमुकाम मार्तडीको खानेपानीको दिगोपन तथा ब्यबस्थीकरणका लागि अनुगमन गरिएको हो । सदरमुकाम मार्तडीमा लामो समय देखी खानेपानी समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल र योजना बनाउनका लागि अनुगमन गरिएको बडिमालिका नगरपालिका कार्यबाहक नगर प्रमुख डम्मर महतले बताएका छन । बजारमा हिलो सहित बगेको खानेपानी आएको जनगुनासो पछि खानेपानीको मुहानसम्म अनुगमन गरिएको महतले बताए ।

जिल्लाको सदरमुकाम समेत रहेको मार्तडीमा सुद्ध खानेपानी र त्यसको ब्यबस्थापनका लागि के गर्न सकिने रहेछ भन्ने बिषयमा बृहत खानेपानीको मुहानसम्मको अनुगमन गरिएको कार्यबाहक नगर प्रमुख महतले बताए ।No description available.

कार्यबाहक नगर प्रमुखको संयोजकत्वमा बडिमालिका नगरपालिकाका प्रबक्ता तथा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, बडिमालिका वडा न ८ का वडा अध्यक्ष चन्द्र थापा, बडिमालिका नगरपालिकाका ओभरसियर गोरख थापा फेडवासनका जिल्ला अध्यक्ष तुल्सीराम रोकाया र पत्रकार लगायत बृहत खानेपानी उपभोक्त समितिका पदाधिकारी लगायतको टोलीले अनुगमन गरेको बडिमालिका नगर पालिकाले जनाएको छ ।
दिगो खानेपानी ब्यबस्थापनका लागि केही योजनाहरु सम्पन्न हुन थालेको अबस्थामा अवको केही समयमै खानेपानीको ब्यबस्थापन गर्न सकिने बडिमालिका नगरपालिकाका प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । अनुगमनमा गएको टोलीले निकालेको निस्कर्षमा अहिले ल्याईएको मुहान दिगोपन नहुने निष्कर्ष निकालेको प्रबक्ता पाध्यायले बताएका छन । सामान्य केही बर्ष सम्म अहिलेकै ठाउँबाट खानेपानी ब्यबस्थापन हुन सक्ने र बजारमा बढ्दो जनसंख्यालाई सो मुहानमा रहेको पानी प्रयाप्त नुहने अनुगमन टोलीका सदस्यहरुले बताएका छन ।

No description available.

अहिलेको मुहान रहेको बृहत खानेपानीको माथीबाट सडक खनिएका कारण पानी धमिलो आउने गरेको छ । अहिले बजारमा बितरण खानेपानी बर्षा भएको दिन सडकबाट माटो बगेर मुहानमा मिसीने गरेकोले खानेपानी सुद्ध नभएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको समन्वयमा बृहत खानेपानीको मुहानबाट आएको पानी सुद्धिकरण गर्ने ट्याकीं बनिसकेकोले केही दिनमै सुद्धिकरण गरेर खाने पानी बितरण गरीने बडिमालिका नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार