बुधबार, बैशाख १९, २०८१

आत्म कथा!

  • सोमवार, जेष्ठ ३०, २०७९
आत्म कथा!

सुरेशकुमार पान्डे — आज बाल दिवशको सेरोफेरोमा मैले छोंटो आफ्नै आत्म कथा लेख्ने प्रयात्न गर्दैछुँ।
पहिले पहिले हामीलाई नोकरी गर्ने आयु कती बर्षको हुन्छ भन्ने कुरा थाहानै थिएन।उति वेला छोराछोरी जन्माउँनु भनेको इस्वरको देनहो भनेर भन्थे।कसैका घरमा पाँच सात जना बाबलबालीका हुनु भनेको सामन्य कुरा थियो।
अंझ त्यो जमानामा दुइटी बिहे नगरेको लोग्ने मानिस कमै हुन्थे कसै कसैले ता तिन चार बिहे गरेका हुन्थे उखानै थियो “मर्दका दशौटी”त्यो समाजमा जन्मिएका हामी परायजसो कलिलै उमेरमा लाहुर जाने चलन चल्यो।त्यही समाजमा हाम्रो उदय भयो मेरा बाबाले पहिलीकी आमाको मृत्यु भएपछि हाम्रो आमालाई बिहे गर्नु भयको हो पहिलो आमा बाट हाम्रो एउटा दाजु र दुइवटी दिदी जन्मिए पछि आमा बितेकोले हाम्रो आमालाई कलिलो उमेरमा बिहे गरेर ल्याएपछि हामी दुई बैना र तिन भाई गरी पांच भैनाको जनम भयो।
तिस बत्तिस बर्ष की आमा हुने वेला बाबाको मृत्यु भयो।
अनि मलाई बाबाको बिरासतमा आमा र मलाई छजाना परिवार पालिने भाई बैनाको परवरिस गर्ने जिम्मा मिल्यो।पहिलेका सबैको बिहेदान भैसकेको दाई छुट्टी सकेको अबस्थामा दश ग्यार बर्षको कलिलो बालखलाई बाल्यकालमै बुढो हुनुपय्रो।
त्यो वेलाको समाजमा न त बिहेको न्युनतम सिमा थियो जसले जतिबर्षकी केटी बिहेगरेपनि हुने समाज थियो।
जुवा तास,पासा,कौडी,जोर बिचोर,र खोपी खेल्ने त गर्भै देखुन सिकेका हुन्थे।क्षेत्री बाहुनमा त्यो वेला मदिरा पिउँने चलन थिएन कसै कसैले लुकेर पिए पनि बद्नामीको डरले चुप्पचाप लागेर अनुसाशनमा बस्ने गर्थे तर जनजाती र दलित जातिहरूको भने हक हुने गर्थ्यो।त्यो समाजमा हुर्केका मध्यका अंझै धेरै भेट्टिन्छन।त्यो वेलाका बिध्यार्थीहरू स्कुल आउंदा जांदा बाटोमा खोपि खेल्ने र आफ्नो आस्कोटका टांक समेत खोपी खेलेर हार्ने गरिन्थ्यो।जन्मिएपछी छोरा छोरीले धेरै भन्दा धेरै आठ दश बर्ष मुस्किलले घरमा बस्न पाउँथे त्यसपछी छोरी बिहे गराएर आ आफ्नो घर घर जान्थे छोराहरू लाहुर जान्थे।त्यही सबैको घरमा त हुँदैन थियो तर पराय जसो गरिबको घरमा त्यही ब्यबहार हुन्थ्यो।
त्यही कर्ममा हामी स्कुलमा पढ्दा पढ्दै लाहुरे भयौं आर्काको अञ्जान देशमा कुनै जानकार छैन आफ्नो भन्नु कोहीछैनन् पढे लेखेका वा डिग्री हामि सँग छैन भाषा हामीले जान्निदैंन अनि हामीले आर्काको देशमा कस्तो काम पाएको हौंला त्यो हरकसैले पनि अनुमान लगाउँन सक्छ।
बिदेश पुगेपछी कयौं दिन भोकै फाल्टु बस्दा यस्तो लाग्दथ्यो कसैले पेटभरी खान दिए जुनसुकै कामपनि गरिन्थ्यो।भारतमा जाने क्रममा किराया पनि सापट वा ब्याजे रिनकाडेर जान्थ्यौं।यसरी ठ्याक अड्कलेको किराया खोल्टिमा हालेर बिदेश जानेहरूले जति दुःखपाएपनि खोल्टीमा पैसा छैन खाने गर्चछैन बस्ने डेरा छैन अनि गल्लि कोठी होटेल नोकरी खोज्दै हिंडियो।म सानै देखुन अलि निडर र बिद्रोही स्वभावको इख वाला थिएं कसैले अलिकती गिंजायो भने बरू भोकै बस्ने त्यसकहां नजाने मेरो बानि थियो।
एक दिन एउटा साथि सँग उस्को मामाका घरमा सांझ बस्न भनेर गयौं हामी काम नपाएर टेसनमै सुतेर गुजारा गरेका थियौं त्यो दिन उस्ले आफ्नो मामाको ठेकाना लिएर आएको थियो।मलाई जाने मन त थिएन रात रेलवाई स्टेसनमा बिताउँने मनथियो तर साथिले जिद गर्दा पछि लागेर गएं।हामी गयको ठाउँमा उस्को मामा सँग एकजना अरू बस्दा रैछन मामा डिप्टी गैसकेका उनि खाना खांदै थिए।मेरो साथिलाई उन्ले चिनेका रहिछन आजको रात यतै बस्ने भयौं भनेर म मनैमनमा ढुक्कै थिएं।
हामी गयर नजिकै बिच्छाएको चारपाइमा बस्यौं उन्ले खान खाए खाएको भांडा माजे हामिलाई सोधेनन् हामिले बिहान देखी केही खाएका थिएनौँ अनि त्यँहा सफा गरे ड्रेस लगाए उन्ले कुनै सरकारी कम्पनिमा रातीको चौकी दारी गर्दा रैहिछन।
अब डिप्टी जाने वेला भयो बाबु क्वटरमा ताला लगाउँछु हिंडौ भाइर भने हामी बासा बस्न गयका नबोलेर उठ्यौं।तिमिहरू अब कहांजान्छौ?उन्ले क्वाटरमा ताला लगाएपछि सोधे।सर हामी अब भाड्मा जान्छम हजूरलाई केही मत्लबछ?भन्दै मैले आक्रोश ब्याक्त गरें।कस्तो बिग्रेको केटाहौ तिमी ठुलो मान्छे सँग बोल्ने यही हो तमिज!उ रातो पिरो हुंदै अगाडी बढ्यो हामी पुनः फर्किएर स्टेसनमा बस्यौं।
यो त एउटा उधारण मात्रैहो यस्ता हजारौं घटनाको सामना गरेहौंला न त कसैले नोकरी लगाईदिन्छ न कुनै रात गुजार्ने ठाउँछ न खानाको ब्यबस्था हुन सक्छ त्यो दिन सम्झिंदा अहिले पनि आङ जिरिङ्ग गर्छ।
ओंठ निचोरेर दुद आउँने म जस्तै थुप्रै बालखहरू स्कुलमा पढ्ने वेला खेल कूद गर्ने वेला आमाकों आंचलमा आफ्नो खुसीले भरिलो गराउँने वेला हामीलाई खान र लगाउँनमा आर्काको कमारो हुनुपय्रो।त्यो वेला बाल दिवशको बारेमा हामिलाई केथा?हामिलाई त दिनभरी कति भांडा पखाल्यौं कति साहुको गालि खायौं त्यही मात्र जानकारी हुनथ्यो।कलिलो उमेरमा जिम्मेवारीको गरूङ्गो भारी बोकेर भोकै प्यासै होटेलमा भांडा खकाल्दा हात खुट्टा कुहेका तमाम बालख भारतको कोठी र होटेलमा भेट्टिन्थे।नाम मात्रको ज्याला काम पनि मालिकले तोक्यो तलब पनि मालिकले तोक्यो त्यो पर्वाशी मजदुरको पसिनाले अहिले गगन चुम्बि महलहरू बनेकाछन तर जस्ले जनमायो त्यो बाल मजदुर आजपनि बाल मजदुर सपलाई गर्दैछ।यही उपहार दियो हिंजो देखी आज सम्मको बाल मजदुरलाई बाल दिवशले।

चर्चामा

सम्बन्धित समाचार