बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • घटेको हप्ता दिन नबित्दै बढ्यो पेट्रोलको मूल्य

घटेको हप्ता दिन नबित्दै बढ्यो पेट्रोलको मूल्य

  • शुक्रबार, जेष्ठ २७, २०७९
घटेको हप्ता दिन नबित्दै बढ्यो पेट्रोलको मूल्य

काठमाडौं — पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगगरी मूल्य वृद्धि गरेको हो। सरकारले कर समायोजन गर्ने निर्णय गरेलगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो। तर एक हप्ता नबित्दै निगमले पेट्रोल ८ रुपैयाँले मूल्य वृद्धि गरेको हो।

त्यस्तै मट्टितेल र डिजेलमा १२ रुपैयाँले मूल्य वृद्धि भएको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन्। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १७८, मट्टितेल र डिजेलको मूल्य १६५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोल र डिजेलको मूल्य वृद्धि भएको र निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसकेको बक्यौता रकम बढेर २० अर्ब पुगेको भन्दै मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार