बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अर्थ
  • सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित

  • बिहिबार, जेष्ठ २६, २०७९
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित

धनगढी — सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। प्रदेशसभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्।

दशौं अधिवेशनको नवौं बैठकमा निर्णयार्थ पेश भएको नीति तथा कार्यक्रमलाई सभामुख थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार