शुक्रबार, साउन २७, २०७९
  • होमपेज
  • कला /साहित्य
  • रहर की बाध्यता?लघुकथा!

रहर की बाध्यता?लघुकथा!

  • बिहिबार, जेष्ठ २६, २०७९
रहर की बाध्यता?लघुकथा!

सुरेशकुमार पान्डे — मिठो खाने र राम्रो लगाउंने त सबैलाई रहर हुन्छ तर त्यो भनेको जस्तो कहां पुग्छर! आफ्नो घाउंघर छाडेर परदेश जानु भनेको बाध्यता पनिहो।जागेले केही बर्ष पहिले सुन्तली संग मागी बिबहा गरेको थियो।सुन्तली गरिब घरमा हुर्की आमा बाले फारोतिनो गरेर भयपनि साक्षर बनाएकाथिए।लाहुरे श्रिमान पाउँदा उस्ले पनि मिठो खाने राम्रो लगाउँने र बिदेशमा घुम्ने रहर नपालेकी होइन।
जागे एउटा गरिब किसान परिवारमा जन्मिएको मेहंती युवा हो तर आफ्नै देशमा रोजगार न मिलेपछी र आफ्नो बारीको उत्पादनले खान लगाउन अपुग हुन्थ्यो त्यसैले उ छिमेकी देशमा रोजगारको लागी आउंने जाने गर्थ्यो।उसको थाई जागिर नहुंदा कहीले छे मैना कहिले बर्ष दिन पछि घर फर्किन्थ्यो।सुन्तली बाट केही जायजन्म नभयकोले आफु संगै उपचार गराउंन भारतमा लिएर जाने र उतै राम्रो डाक्टर सँग जचाउँने पहिले देखून बिचार गर्दै आएको थियो अहिले पनि बा आमा संग सल्हा गर्दा घरमा सल्हा मिलेन।
घरमा बुढी आमा बाबा र स-साना भाई बैना थिए।सुन्तलिले पनि घरको हालत देखेर” म बिदेश अहिले गंए भने बिचरा यि मेरा आमा बा जस्तै बृद्धा भयका सासु ससुराको केहोला यिनको देख रेख कसले गर्ला”भन्ने ठानेर जानलाई जिद गरिन बा आमाले पठाउंन नमानेपछी जागे आफ्नो मन धमिलो बनाएर परदेश तिर लाग्यो।तर “मनले सोंच्छ मुडा बञ्चराले सोंच्छ घुंडा”भने झैं जागेको आफ्नो श्रिमती सँगै लैजाने जिद गर्दै आएको देखेर बुढा बुढी दुबैको मनमा आर्कै सोंच पलाउँन थाल्यो।
हेर जागेकी आमा अहिले जागेले बुहारीलाई आफु संगै लान खोजेको थियो उसले लिएर गयको भए यि स-साना भाई बैनाको पढाई रोकिनेथ्यो!रूखेले आफ्नो स्वास्नी तालचरी संग भन्यो!हो तानी बुढा अब उपचार गराउंने बहानामा आफु संग लग्ने भन्छ यो सुन्तली बाट जाए जन्म हुंदैन बरू जागेलाई सम्झाएर आर्को बिहे गर्न लगाउं बुढा!तालचरीले रूखेलाई भन्छे।तर जागेले त औधी प्रेम गर्छ आर्को बिहे त सोंच्नै सक्दैन बुढी!रूघेले निदार खुम्चाउंदै भन्छ!तिमीले चिन्ता नगर बुढा म आफै मिलाउंछु परिपाटी!तालचरीले भन्दै कता फोन मिलाएको जस्तै गर्छे।
हजूर जोतिस ज्यु बोल्नु भयो?हजूर उता बाट ठग्गु बोल्छ छोरालाई भेटेर मैले भनेको काम गर्नुस है!कैले जानु हुन्छ लाहुर?म त भोलीनै हिंड्छु।तालचरीले पहिलेनै सैटिङ्ग गरिसकेकि रैछ।
ठग्गु त्यो गाउंको हात हेर्ने र अरूलाई ठग्ने काममा माहिर थियो,उसले आफ्नी भान्जिलाई जागे संग बिहेगर्दिन खोजेको थियो उस्को भान्जि डिबोस गरेर माइतमा बसेकी थिई।
केही दिन पछी ठग्गु जागेलाई भेट्छ अनि बिस्तारै सुन्तलीको बिरूद्धमा भट्काउन थाल्छ।तर जागेले उस्को कुरामा त्यती घोर गर्दैन त्यही वेला एकजना गाउंलेले पनि अब सुन्तली अलि छाडा भयको कुरा भन्छ।यही मौका छोपेर ठग्गुले जागेको हात हेरेर सुन्तली बाट कुनैपनी जाएजन्म नहुंने र जागेको दुई बिबाहा लेखिएको कुरा भन्छ।उता सुन्तलीलाई पनि गाउंमा अरूलाई भनेर जागेको खिलाफ भढ्काउंन थाल्छन।गर्दा गर्दै उनिहरूको बिचमा बिभेदको जनम हुन्छ।
केही नसोचेर जागेलाई ठग्गुले आफ्नी भान्जि झिकाएर लाहुरमै चिन जान गराउंन थाल्छ उता यो कुरा सुनेपछी सुन्तली अत्यान्तै दुखी हुन्छे।बुहारी के भनौं हाम्रै छोरा खराब भयो अब तिमी पनि आफ्नो बाटो गर!तालचरीले बुहारीलाई सम्झाउंदै भन्छे।पहिले त मानेकि थिइन अरूले भन्दा तर अहिले यस्तो कुरा आफ्नै सासु र ससुराको मुख बाट सुनेपछी सुन्तलीले पनि आफ्नो भबिश्य तर्फ धेरै सोंचबिचार गरेर अन्त बिहे गर्छे बिहे गरेको बर्ष दिनमै सुन्तलीले शुन्दर बाबु जन्माउंछिन तर जागेको भने त्यो महिला बाट कुनै जाएजनम हुंदैन।अब ती बुढा बुढीहरूलाई पछुतो लागेको थियो।
जागेले डाक्टरलाई आफु र आफ्नो स्वास्नीलाई जचाउंदा पत्ता लाग्छ यो महिंला बाट बाल बालीका हुन्न भन्ने जब यो कुरा आफ्नो आमा बा लाई सुनाउंछ बल्ल आफुले गरेको गलतीको बारेमा सोंचेर दुबैका आंखा छचल्किन्छन।

चर्चामा

सम्बन्धित समाचार