शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथका जनप्रतिनिधिको निर्णय, आईतबार सार्वजनिक विदा नदिने

जगन्नाथका जनप्रतिनिधिको निर्णय, आईतबार सार्वजनिक विदा नदिने

  • आइतवार, जेष्ठ १५, २०७९
जगन्नाथका जनप्रतिनिधिको निर्णय, आईतबार सार्वजनिक विदा नदिने

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिलकाले आईतबार पनि कार्यालयको कामकाज संचालन गर्ने निणर्य गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने निणर्य गरेको भएपनि जगन्नाथ गाउँपालिकाले भने उक्त दिन विदा नदिने नगर्ने निणर्य गरेको हो ।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु आईसकेपछि पदभार ग्रहण संगै बसेको पहिलो बैठकले सरकारले तोकेको आईतबारको दिनको सार्वजनिक विदाले गाउँपालिकाको काममा प्रत्यक्ष असरपर्ने भन्दै सो दिन सार्वजनिक विदा नदिने निणर्य गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।
गाउँपालिकामा सार्वजनिक विदा गर्ने सरकारको निणर्यले विद्यालयको पठनपाठन, स्वास्थ्य संस्थामा उपचार गर्न आउँने विरामी र कार्यालयको कामकाज प्रभावित हुने भएपछि जेठ १६ गतेबाट लागू हुने गरी आइतबारदेखि शुक्रबारसम्म साविककै समयमा कार्यालय र विद्यालय सञ्चालन गर्ने निणर्य गरेको गाउँपालिका अध्यक्ष शाहीको भनाई छ ।

गाउँपालिकामा नवनिर्वाचित आईसकेपछि बसेको कार्यपालिकाको बैठकले भर्खरै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा जगन्नाथ गाउँपालिकामा खटेर भयरित र शान्तिपूणर् वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुरक्षाकर्मी, कर्मचारी र मतदाताहरुलाई धन्यवाद ज्ञापन र नवनिर्वाचित जनप्रतिनिधिको बरियता निर्धारण, गाउँ शिक्षा समिति गठन, न्यायिक समिति गठन गर्ने निणर्य पनि गरेको छ । त्यसैगरी बैठकले गाउँपालिका प्रवक्ताको जिम्मेवारी पनि तोकेको छ । कार्यपालिका सदस्य गणेशराज गिरी गाउँपालिका प्रवक्ता तोकिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार