मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • खप्तड छेडेदहमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

खप्तड छेडेदहमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

  • सोमवार, जेष्ठ २, २०७९
खप्तड छेडेदहमा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् ।
एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३ हजार ७ सय ४७ मत पाएका छन् बुढाले ३ हजार ५ सय ५८ मत पाएका छन् । यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार विशुदेवी नाथले एमाले उम्मेदवार मनदेवी कुमारी खड्का (ओली) लाई पराजित गरेकी हुन् । नाथले ३ हजार ६ सय ४२ मत प्राप्त गरेकी छिन् भने ओलीले ३ हजार ५ सय ९४ मत प्राप्त गरिन् । खप्तड छेडेदह गाउँपालिका विगतदेखि नै कांग्रेसको गढ मानिदै आएको क्षेत्र हो ।
७ वटा वडा रहेको यस गाउँपालिकामा कांग्रेसले ५ वटा वडामा वडाध्यक्ष पदमा जितेको छ भने एमालेले २ वटा वडामा जितेको छ । कांग्रेसले जितेका वडाध्यक्षहरुमा वडा नम्बर १ मा कांग्रेसका वीरबहादुर रावल, २ मा कांग्रेसका भक्तबहादुर बुढा, ३ मा कांग्रेसका विर्कबहादुर रावत, ५ मा कांग्रेसका जीतबहादुर रावत, ६ मा कांग्रेसका हर्क बिष्ट रहेका छन् । एमालेबाट वडा नम्बर ४ मा दलबहादुर धामी र ७ मा खगेन्द्रबहादुर रावत विजयी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार