बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा १० जना दलित वडाअध्यक्ष र २ महिला वडाअध्यक्ष चुनावी मैदानमा

बाजुरामा १० जना दलित वडाअध्यक्ष र २ महिला वडाअध्यक्ष चुनावी मैदानमा

  • आइतवार, बैशाख २५, २०७९
बाजुरामा १० जना दलित वडाअध्यक्ष र २  महिला वडाअध्यक्ष चुनावी मैदानमा

बाजुरा — बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहमा १० जना दलित वडाअध्यक्ष र २ जना महिलावडा अध्यक्षमा चुनावी मैदानमा प्रतिश्पर्धा रहेका छन् । जिल्लाका ६९ वडा मध्य १० वडामा दलित र २ वडामा महिला वडाअध्यक्षहरुको प्रतिश्पर्धामा रहेको पाईएको छ । बाजुरामा दलित समुदाय धेरै भएको भए पनि जिल्लाका ठुला दलहरुबाट दलितहरुलाई वडाअध्यक्ष समेत स्विकार गरेको देखीदैन ।
बाजुराको गौमुल गाउँपालिकामा १ जना दलित वडा अध्यक्ष र २ जना महिला वडा अध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा हुमीएका छन । गौमुल ४ मा नेकपा एमालेका तर्फबाट अमर बहादुर बिक उम्मेदवार रहेका छन् । सोही गाउँपालिका ६ मा नेकपा माओबादी केन्द्रबाट संगिता रोकाया र स्वतन्त्रबाट सोनु रोकायाको उम्मेदवारी परेको निर्बाचान आयोगले जनाएको छ ।
जगन्नाथ गाउँपालिकाको ५ मा गौरी शार्की र वडा न ६ मा धन बहादुर शार्की नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा हुमीएका छन् । त्यसै गरी बडिमालिका नगरपालिकाको वडा न ५ मा नेकपा एमालेबाट धरमपाल बिसी र वडा न ९ मा सुर्यकिरण बिक वडा अध्यक्षमा रहेका छन भने नेकपा माओबादी केन्द्रका तर्फबाट वडा न ७ मा प्रेम बहादुर बिक चुनावी मैदानमा छन ।
सबै भन्दा बढि शिक्षित र सबै भन्दा बढि राष्ट्रिय राजनीतीमा छवी भएका नेताहरु समेत भएको बुढिगंगा नगरपालिकामा १ जना दलित समुदायका सौरे सुनारले स्वतन्त्रबाट वडा अध्यक्षको पदमा उम्मेदवारी दिएका छन । उनले बुढिगंगा नगरपालिका वडा १ को वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिएको निर्बाचन आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यसै गरि स्वामिकातर्िक खापर गाउँपालिकामा ३ जना दलित वडा अध्यक्षका उम्मेदवार रहेका छन । जसमा वडा न १ मा कार्तिके कामी नेपाली काँग्रेस, अजय बिक नेकपा माओबादी केन्द्र र साउने कामी जनता समाजबादी पार्टीबाट उम्मेदवारहरु चुनावी मैदानमा हुमीएका छन ।
त्यसै गरि हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, त्रिबेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा दलित समुदाय र महिला वडा अध्यक्षमा शुन्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार