शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बैशाख २६ बाट अत्यावश्यक बाहेक सेवा प्रभाह स्थगन

बाजुरामा बैशाख २६ बाट अत्यावश्यक बाहेक सेवा प्रभाह स्थगन

  • आइतवार, बैशाख २५, २०७९
बाजुरामा बैशाख २६ बाट अत्यावश्यक बाहेक सेवा प्रभाह स्थगन

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले बैशाख २६ गतेबाट ३० गतेसम्म अन्यावश्यक सेवा प्रवाह स्थगन गरेको छ । बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्बाचनको मतदानको लागि जिल्ला स्थित सम्पुर्ण सरकारी कर्मचारीहरु निर्बाचनमा खटिनु पर्ने भएकोले बाजुरा जिल्लाका सम्पूणर् कार्यालयहरुको सेवा प्रबाह स्थगन गरिएको सूचना सार्बजनिक गरिएको छ ।
सरकारी कार्यालयहरुमा अत्यावश्यक काम बाहेक सेवाग्राहीले अन्य काममा सेवा दिन नसकीने जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ । बैशाख २५ गते प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालद्धारा हस्ताक्षर गरिएको सुचनामा जानकारी गरिएको छ ।
भौगोलिक बिकटताका कारण मतदान गराउने कर्मचारीहरुले समयमै पुग्नु पर्ने र निर्बाचनको तयारीमा लाग्नु पर्ने भएकोले २६ गतेबाटै अत्यावश्यक बाहेक सेवा प्रबाह स्थगन गर्नु परेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । जिल्लाका सबै सरकारी कर्मचारीहरु बैशाख ३० गते हुने स्थानीय निर्बाचनमा मतदान केन्द्र तिर खटिने काम जारी रहेको पौड्यालले बताए ।

चर्चामा

सम्बन्धित समाचार