आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले इन्चार्ज राजन कुमार रोकायाको वडामा वडा सदस्य निर्विरोध

एमाले इन्चार्ज राजन कुमार रोकायाको वडामा वडा सदस्य निर्विरोध

  • बुधबार, बैशाख १४, २०७९
एमाले इन्चार्ज राजन कुमार रोकायाको वडामा वडा सदस्य निर्विरोध

बाजुरा–नेकपा एमाले बुढिनन्दा नगरपालिका ईन्चार्ज तथा एमाले जिल्ला कमिटि सदस्य राजन रोकायाको वडामा दलित महिला वडा सदस्य निर्विरोध भएकि छन् । बुढीनन्दा नगरपालिका ४ का दलित महिला वडा सदस्य बसन्ति चदारा निर्विरोध निर्वाचित भएको नगर इन्चार्ज राजन कुमार रोकायाले वताएका छन् ।
१५ परिवार दलित समुदाय रहेको उक्त वडामा अन्य पाटिमा दलित महिला सदस्यको उम्मेदवार दिने कोही नभएपछि निर्विरोध भएको हो । यो सुखद सुरुवात हो हामी वडा मात्र नभइ पालिकामा समेत जित्ने रोकायाले थपे । २०७४ सालको चुनावमा नगरप्रमुख पदम कुमारी गिरी काँग्रेस बाट एमाले बाट उपप्रमुख सृष्टि रेग्मि बिजयी भएका हुन् । कार्यपालिकामा भने काँग्रेसको नै बहुमत रहेको थियो । राजन रोकाया २०७४ को स्थानिय चुनावमा वडा नम्बर ४ बाट वडाअध्यक्ष विजयी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार