बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • काँग्रेसले लगायाे बाजुराका ४ नगरपालिकाकाे टुंगाे‌‍ (नाम सहित)

काँग्रेसले लगायाे बाजुराका ४ नगरपालिकाकाे टुंगाे‌‍ (नाम सहित)

  • आइतवार, बैशाख ११, २०७९
काँग्रेसले लगायाे बाजुराका ४ नगरपालिकाकाे टुंगाे‌‍ (नाम सहित)

बाजुरा– बाजुरा काग्रेसकाे लामाे सकस पछी ४ नगरपालिकाका मेयर र उप मेयरकाे टुगाे‌ लगाएकाे छ । बडिमालिका नगरपालिका, बुढिनन्दा नगरपालिका, बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका प्रमुख र उप प्रमुखकाे टुगाे लगाएकाे छ।  सत्तारुढ गठबन्धन र पार्टी भित्रकाे गुटका कारण लामाे समय पछि बाजुराका ४ स्थानिय तहकाे प्रमुख र उप प्रमुखका उम्मेदवार छनाैट गरेकाे  नेपाली काँग्रेसका एक नेताले बताएका छन ।

नेपाली काँग्रेस बाजुराको बडिमालिका नगरपालिकाको नगर प्रमुखमा धनराज पण्डित र उपमेयरमा राधिका सिंहलाई उम्मेदवार बनाएको छ । काँग्रेस जिल्ला कार्यसमिती बाजुराले जिल्लाबाट प्रदेशमा सिफारिस गरे अनुशार बडिमालिको प्रमुखमा पण्डित र उपप्रमुखमा सिंहलाई उम्मेदवार बनाइएको हो । त्यस्तै बुढिगंगा नगरपालिकामा नगरप्रमुख रङ्ग खाति र उपप्रमुखमा रिता शाहीलाइ उम्मेदवार बनाएका छन् ।

त्यसै गरी बुढिनन्दा नगरपालिकामा मेयर पदम कुमार गिरी र उप उपमेयरमा रिता सिह‌लाइ उम्मेदवार बनाएकाे छ । साे पालिकाका मेयर गिरी पुन दाेहाेरिने भएका छन भने उपमेयरमा पनी ०७४ काे स्थानिय तहकाे निर्वाचनमा  सिह‌ पनी पराजीत भएकी थिइन । त्यसै गरी त्रिबेणी नगरपालिकामा मेयर कर्ण बहादुर थापा र कमला न्याैपानेलाइ उम्मेदवारमा सिफारिस गरेकाे काग्रेसले जनाएकाे छ । तर आधिकारीक पुष्टि हुन भने बाँकी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार