शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • सुत्केरीलाई तीन महिनासम्म ३ हजार भत्ता दिने राप्रपाको घोषणा

सुत्केरीलाई तीन महिनासम्म ३ हजार भत्ता दिने राप्रपाको घोषणा

  • बुधबार, बैशाख ७, २०७९
सुत्केरीलाई तीन महिनासम्म ३ हजार भत्ता दिने राप्रपाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरी महिलालाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो । ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । यस्तै सबै नागरिकलाई अनिवार्य तथा निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार