शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा समता तथा समाबेशी शिक्षा प्रभावकारी बन्दै

बाजुरामा समता तथा समाबेशी शिक्षा प्रभावकारी बन्दै

  • सोमवार, बैशाख ५, २०७९
बाजुरामा समता तथा समाबेशी शिक्षा प्रभावकारी बन्दै

बाजुरा — बाजुरा जिल्लाका बिभिन्न बिद्यालयमा संचालन गरिएको समता तथा समाबेशी शिक्षा प्रभावकारी बन्दै गएको छ । यूनिसेफको सहयोग बिश्व शिक्षाको प्राबिधीक सहयोग र सेतो गुँरास बाल बिकाश सेवा बाजुराद्धारा संचालित सो कार्यक्रमले बालबालिकामा प्रभाबकारी बन्दै गएकाे पाईएको छ ।
कक्षा १ देखी ३ कक्षासम्मका आधारभुत तहका बिद्यार्थीहरुलाई पढाई सीपको विकास गर्ने उद्देश्यले शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याएको बिश्व शिक्षाका बाजुरा प्रतिनिधी प्रकाश बिनाडीले बताएका छन। कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरु पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित समता तथा समाबेशी शिक्षा कार्यक्रमले विद्यार्थी विच प्रतिस्पर्धा गराउनुका साथै पढाइमा उत्प्रेरणा दिन सहयाे गर्न र एक आपसमा सिकाई आदान प्रदान गर्ने बालबालिकाको पढाईमा सिकाई क्षेमतामा बृद्धी भएको बिनाडीले बताए ।
सेतो गुरास बिश्व शिक्षा युनिसेफको आर्थिक सहयोग तथा प्राबिधीक सहयोगले बिद्यालयको शैक्षिक क्षेत्रको प्रारम्भीक कक्षाका बालबालिकाको शैक्षिक स्थतरमा बृद्धि भएको बडिमालिका नगरपालिका वडा न ३ का वडा अध्यक्ष बिर बहादुर रावलले बताएका छन । सेतो गुरासको सहयोगमा बालबालिकाहरुलाई स्व अध्यान साम्रगी दिएर पनि बालबालिकामा अध्यायन गर्न सहज भएको उनले बताएका छन ।
३ बर्ष सम्म कोरोना महामारीका बेला थलिएको शैक्षिक क्षेत्रमा ठुलो असर गरे पनि सेतो गुरासले काम गरेको स्थानीय तहमा टोल शिक्षा संचालनमा ल्याएको र बालबालिकाको पढाईमा सिकाई उपलब्धीमा धेरै असर नपरेको वडा अध्यक्ष रावलले बताए ।
समता तथा समाबेशी शिक्षा कार्यक्रम बाजुरामा सन २०१९ देखी संचालनमा रहेको सेतो गुरास बाल बिकाश सेवा बाजुराका अधिकृत सुरेन्द्र थापाले बताए । जिल्लाका बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाका ९ ओटा बिद्यालयमा सो कार्यक्रमले सहयोग गर्दै आएको थापाले बताए । स्थानीय तहको समन्वय युनिसेफ, विश्व शिक्षा नेपाल र सेतो गुरास बाल बिकास सेवा बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा तिन ओटै स्थानिय तहका प्रारम्भीक कक्षा संचालनमा सहयोग गर्दै आएको थापाले बताए ।
सेतो गुरास बाल बिकाश सेवा बाजुराले इसिडी देखी कक्षा तिन सम्मका बिद्यार्थीहरुका लागि शैक्षिक साम्रगी सहयोग गर्नुका साथै शिक्षक शिक्षिकाहरुलाई तालीम दिदै आएको सेतो गुँरास बाल बिकाश सेवा बाजुराले जनाएको छ ।

त्यसै गरी शिक्षण सिकाई सम्बन्धी सहजीकरण, पालिका स्तरको शिक्षा प्रतिकार्य योजना निर्माण, प्रअ संग सिकाई उपलब्धी सम्बन्धी बैठक लागयतका कार्यले बिद्यालयको शैक्षिक स्तरमा बृद्धि भएको बाल मन्दिर आधारभुत बिद्यालयकी प्रधानाध्यापक शुशिला थापाले बताईन ।युनिसेफ, बिश्व शिक्षा र सेतो गुरासद्धारा संचालित समता तथा समाबेशी शिक्षा कार्यक्रममा ३ स्थानीय तहका ८ ओटा बिद्यालयकाे इसिडी देखी कक्षा ३ सम्मका बालबालिकाहरूकाे शैक्षिक बृद्धि गर्न सहयाेग गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार