बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमालेका ५ पालिका उम्मेदवारको टुंगो प्रदेशले लगाउने,४ पालिकामा सर्वसम्मत

एमालेका ५ पालिका उम्मेदवारको टुंगो प्रदेशले लगाउने,४ पालिकामा सर्वसम्मत

  • आइतवार, बैशाख ४, २०७९
एमालेका ५ पालिका उम्मेदवारको टुंगो प्रदेशले लगाउने,४ पालिकामा सर्वसम्मत

बाजुरा — नेकपा एमाले बाजुराले ९ स्थानिय तह मध्य ४ पालिकाकाे प्रमुख र उप प्रमुखकाे टुङ्गाे लगाएकाे छ ।  नेकपा एमाले बाजुराले सहमति हुन नसकेका ५ पालिका प्रमुख उपप्रमुखको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हाे । पार्टी केन्द्रीय सदस्य सहीतका शिर्ष नेताहरु बीचको छलफलबाट पनि सहमति जुट्न नसकेपछि नमिलेका पालिका प्रमुख उपप्रमुखको नाम प्रदेश कमिटीमा पठाएको नेकपा एमाले बाजुराले जनाएकाे छ ।

पार्टी जिल्ला कमिटी र शिर्ष नेताहरु सहीतको छलफलको निर्णय बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउने बताएपनि सहमति नभएका गाउँपालिका र नगरपालिकाका प्रमुख उपप्रमुखको नाम प्रदेश कमिटीमा सिफारिस गरेको पार्टी सचिव भरत थापाले बताएका छन् ।
हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, बडिमालिका नगरपालिकाको प्रमुख र खप्तड छेडेदह गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष  सर्वसम्मत सहमति भएको एमालेका एक नेताले बताए । बाँकी पाँच वटा पालिका मध्य त्रिबेणी नगरपालिका, बुढिगंगा नगरपालिका गाैमुल गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका  प्रमुख  उपप्रमुखको नाम प्रदेश कमिटीमा पठाइएको छ ।
प्रत्येक पालिकाबाट तीन जनाको नाम प्रमुख र तीन जनाको नाम उपप्रमुख सिफारिस गरिएको छ । बडीमालिका र बुढीनन्दा नगरपालिकामा उपप्रमुखमा मात्र सहमति जुट्न बाँकी रहेको र  हिमाली गाउँपालिकामा पनि छलफल चलिरहेको बताइएको एमाले बाजुराले जनएकाे छ  ।
नेकपा एमालेले २० बढी वडामा पनि नेतृत्व सर्वसम्मत चयन गरि सकेको छ । भने अन्यमा सहमतिको प्रयास जारी रहेको छ । खप्तड छेडेदह गाउँपालिकाका २ वटा वडा बाहेक सबै वडामा सर्वसम्मत वडा अध्यक्ष सहीत सदस्यको टुंगो लागिसकेको छ । भने बडिमालिका नगरपालिकामा २ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
यस्तै बुढीनन्दा नगरपालिकामा ४ वटा वडामा सर्वसम्मत अध्यक्षको टुंगो लागेको छ । भने हिमालीका तीन वटा वडामा अध्यक्ष सर्वसम्मत छानिएका छन् । बुढीगंगा नगरपालिकाका २ नम्बर वडा अध्यक्ष सर्वसम्मत बनेका छन् । गौमुल गाउँपालिकाका ६ मध्ये ४ वटा वडामा सर्वसम्मत अध्यक्षको एक नाम सिफारिस भएको छ ।
त्रिवेणी, स्वामिकात्तिक खापर र जगन्नाथमा सहमतिको प्रयास जारी छ । सबै वडामा सर्वसहमति गर्ने प्रयास जारी रहेको र नमिलेका वडाको टुंगो जिल्ला कमिटीले लगाउने गरि छलफल चलिरहेको नेताहरुले बताएका छन् । नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखको टुंगो प्रदेश कमिटी र वडा अध्यक्षको टुंगो जिल्ला कमिटीले लगाउने नियम बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार