शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • बुढीगंगाको नगर प्रमुखमा एमालेबाट ७ र उपप्रमुखमा ३ जनाको दाबी

बुढीगंगाको नगर प्रमुखमा एमालेबाट ७ र उपप्रमुखमा ३ जनाको दाबी

  • शुक्रबार, चैत्र २५, २०७८
बुढीगंगाको नगर प्रमुखमा एमालेबाट ७ र उपप्रमुखमा ३ जनाको दाबी

बाजुरा– बुढीगंगा नगरपालिकाको नगर प्रमुखका लागि नेकपा एमालेबाट ७ जनाले दाबि गरेका छन् । नगर कमिटीले आकांक्षी उम्मेदवारको नामावलीमा ७ जनाको उम्मेदवारी देखिएको छ ।

दाबि गर्नेमा नेकपा एमाले बाजुराका पार्टी सचिव भरत थापा, नेकपा एमाले नेता रामबहादुर बाँनीया, मिनबहादुर विष्ट, जहरसिंह थापा, चन्द्र थापा, हंश बहादुर सिंह र तुलाबहादुर थापा रहेका छन् । रामबहादुर बाँनीया २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका दीपक विक्रम शाहसँग पराजित उम्मेदवार हुन् ।

यस्तै उपप्रमुखमा तीन जनाले आकाक्षा राखेका छन् । जस्मा माया कुँवर, देबु खाती र विमला थापा छन् । कुँवर २०७४ को स्थानीय तह निर्वाचनमा पराजित हुन् । भने थापा र खाती हाल एमाले जिल्ला कमिटीमा छन् । उम्मेदवार बीच सहमति नभए जिल्लामा पठाउने गरि गृहकार्य भइरहेको नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् ।

एमाले २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेससँग २८५ मतले पराजित बनेको थियो । भने त्यो निर्वाचनमा माओवादीले २०६ मत प्राप्त गरेको थियो । प्रदेश र संघको निर्वाचनमा भने बाम गठबन्धन हुँदा एमालेले काँग्रेस भन्दा करिब २८ सय मत बढी ल्याएको थियो ।

चर्चामा

सम्बन्धित समाचार