मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  •  मनभित्र राको सल्काउनु पर्छ ( कबिता)

 मनभित्र राको सल्काउनु पर्छ ( कबिता)

  • बुधबार, चैत्र १६, २०७८
 मनभित्र राको सल्काउनु पर्छ ( कबिता)

सारा संसारलाई थाहा छ,
तिमी बिना चल्दैन सृष्टि ।
तर गर्बबाट नै फरक हुन्छ,
तिम्लाइ हेर्ने दृष्टि ।।

जब तिमी अनेकौं चुनौतीहरुको सामना गर्दै,
रुदै रुदै यो धर्तीमा पाइला टेक्छेउ।
शिषुबाट नै तिमी र तिम्रो दाइ भाइमा,
जमिन र आकासको जस्तो फरक देख्छेउ।।

भन्नको लागि त भनिन्छ ,
यो सुनौलो संसारमा स्वागत छ तिमीलाई ।
तर के निर्धक्क संग बाच्न पाउने अधिकार छत?
यो सुनौलो भन्ने संसारमा हामीलाई ?

दुधे बच्चाहरु र बृद्द आमाहरु,
भन्दैनन् रक्तपिपासुहरुले।
आजसम्म न्याय पाएका छैनन्,
कैयौं आमा,बाबा र बच्चीहरुका आशुले।।

छोराले सरह लालन पालन गर्छु,
बाबाआमाको लागि छोरीले, भन्दामा।
कैयौं चेली रोजगारीको नाममा,
पर्दै आएका छन् तस्करहरुको फन्दामा।।

फेरिपनि हामी नारीहरु,
आफ्नै दुनियामा रमाएका छौ।
आफुलाइ र आफ्नालाइ अझम्बरी ठान्दै,
खोक्रो आडम्बरलाइ समाएका छौ।।

त्यो डरलाग्दो अध्यारो संसारमा,
आजपनि कताकता अल्मलिएका छौ।
केही हिम्मत गरेर उज्यालोमा आएका पनि,
प्रमुख एजेन्डामा एकजुट नभै खलबलिएका छौ।।

त्यसैले यो आधा धर्ती र आधा आकाशले,
खाना बनाउन मात्रै आगो बाल्ने होइन ।
अन्याय,अत्याचार र बलत्कारको बिरुद्धमा पनि,
मनभित्र राको सल्काउनुको बिकल्प अब छैन।।

चाहे हामी बिदेशमै किन नहौ,
न्याय र समानताको पक्षमा बोल्नुपर्छ ।
चाहे अपराधी घरभित्र कै किन नहोस्,
सत्य तथ्य प्रमाण जुटाइ जेलभित्र तोर्नुपर्छ।।

अनि काम्छन् अपराधीहरुका हातहरु,
यो धर्तीका सृष्टिकर्तालाइ छुनुभन्दा पहिला।
त्यसरी नै बिभेदको खाडलहरुमा पनि,
चल्न थाल्नेछ बिसाल खैलाबैला।

चर्चामा

सम्बन्धित समाचार