सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न, अध्यक्षमा रावल सर्बसम्बत

नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न, अध्यक्षमा रावल सर्बसम्बत

  • शनिबार, चैत्र १२, २०७८
नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न, अध्यक्षमा रावल सर्बसम्बत

बाजुरा — नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति बाजुराको छैटौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न भएको हो ।
छैटौ अधिबेशनबाट शेर बहादुर रावलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जसमा अध्यक्ष शेर बहादुर रावल, उपाअध्यक्षमा नृप थापा भोटे, सचिवमा महेश जोशी, कोषाध्यक्ष दिमा सुब्बा, सहसचिवमा नवराज बुढा लगायत १७ सदस्यि समिति गठन गरिएको अध्यक्ष मण्डलका सदस्य धर्मराज पाध्यायले बताएका छन ।
पदाधिकारी तथा सदस्यहरुमा नेकपा एमालेमा आस्तावान बिभिन्न संगठनको प्रतिनिधीत्व हुने गरी कार्यसमिति चयन गरिएको अध्यक्ष मण्डलका संयोजक मिन प्रशाद जोशीले बताएका छन ।
त्यसै गरी ४ जना केन्द्रीय प्रतिनिधीमा चयन गरिएको संयोजक जोशीले बताए । जसमा प्रशाद पाध्याय, गणेश उपाध्याय, शुरेश प्रशाद पण्डित र काशि प्रशाद जैशी रहका संयोजक जोशीले बताए ।
नेपाल बुद्धिजिवी परिषद बाजुराका निबर्तमान अध्यक्ष प्रसाद पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष भरत बुढा रहेका थिए ।
कार्यक्रमका बिषिष्ठ अतिथिमा नेकपा एमाले प्रदेश कमिट सदस्य जहरसिंह थापा, नेपाल बुद्धिजिवी परिषद बाजुराका संस्थापक अध्यक्ष शुभराज पाध्याय, कर्मचारी संगठनका केन्द्रीय सदस्य मिन प्रशाद जोशी, बाजुरा क्याम्पसका क्याम्पस प्रमुख शुरेश प्रशाद पण्डित लगायतका ब्यक्तीत्वको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको स्वागत काशी प्रसाद जैशीले गरेका थिए भने संचालन निबर्तमान सचिव शेर बहादुर रावलले गरेका गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार