• होमपेज
  • कला /साहित्य
  • त्यो आतङ्कको रात-लघुकथा

त्यो आतङ्कको रात-लघुकथा

  • आइतवार, फाल्गुन ८, २०७८
त्यो आतङ्कको रात-लघुकथा

काठमाण्डौ बाट दांङको नाइट बसमा बसेका यात्रु मध्यका केही ब्याक्ती विक्रमजित, भिम सिहं लगायतका युवाहरू सम्मेलन सकेर घर फर्किंदै थिए।त्यो वेला रक्तिम परिवारले दोस्रो अडियो केसट निकालेको थियो।विक्रमजीतले काठमाडौ बाट त्यो क्यासट किनेर ल्याएकोले यो गीत सुन्नपाए हुँनेथियो भन्ने सोच्यो।
बस चल्दै थियो बसमा त्यो वेलाको झ्याउरे लोक गीत चलेको थियो।विक्रमजीतले बसको कनडेक्टर संग आफ्नो झोलाबाट क्यासट निकालेर दिंदै दाई यो लगाउँ है भनेर भन्छ!हौश लगाइ दिन्छु म!कन्डेक्टरले क्यासट छोप्दै भन्छन।उन्ले केसटलाई बसमा चल्ने त्यो टेपमा लगाई दिन्छन त्यो केसटमा भयका एक दुई गीत सुनेपछि अचान टेप बन्द भयो र अर्को अश्लिल प्रकारको गीत बज्न थाल्यो।त्यँहा बसेका केही युवाहरूले त्यो केसट निकालेर अरू लगाएका थिए।तर अलि सुन्नै नराम्रो लाग्ने अश्लिल प्रकारको केसट भयकोले बसमा बसेका धेरैजसोले बिरोध गरे र रक्तिमकै गीत लगाउँन भने तर उनिहरूले लगाएनन्।रात छिप्पिंदै गयको थियो उनिहरू धाक्रे धादिङ बाट कराउँदै चिच्याउँदै हिहि हाहा गर्दै आए।लामो कपाल पालेका कान बालि लगाएका कपाललाई रब्बडले बानेका मुखमा पान चपाएका देख्दा आवारा खाले देखिन्थे।
नारानगढमा बस रोकियो कतिपय खाना खान झरे,विक्रमजीत,भिम सिहँ र तारा लगायतका युवाहरू पनि झरे र खान खाएपछि पुनः बसमा बसे।एकछिन पछि त्यो बस भित्र जो चिच्याउँदै हल्ला गर्दै आएका केही युवाहरू मध्यका दुई तिन जना बसमा वेर का बोतल लिएर बस भित्रै हंगामा गर्नथाले।यो हाम्रो बसहो को हो त्यो केसेट लगाउँने?तं होश.तंहोश कि तँ.. भन्दै सिटमा बसेका जतिलाई ढेकल्दै र धम्काउँन थाले वेर खोलेर पिउँदै बोतल त्यही बसमा फोर्दै फुटेको बोतलले मार्नेहो तँलाई भन्छन्।चुपाचाप बसेका ब्याक्तिलाई धक्का दिने अनि आफ्ना बाटै चिच्याउँने मानौं उनिहरू हिंशक बन्दै गयका थिए।
विक्रमजितले सिट बाट उठेर हजूरहरू बस्नुस यसो नगर्नुस भनेर सम्झौन खोज्दा!ए दाई तिमी आफ्नो सिटमा बस तिमीलाई केहि भनेका छैनौं भन्दै आर्को नजीकै बसेका एकजना युवालाई एक थप्पड दिन्छन।यो देखेर विक्रमजित दौड्दै गयर-तारा जि यंहा आउँनु त यि केटाहरूले गर्नु गर्दैछन!भन्दै केवीनमा बसेका क.तारालाई बोलाउँछन विक्रमजितले!
के भयो?भन्दै क.तारा आउँछन!केहि होईन दाई तंपाई चुपलागेर बस्नुस!ति युवाले भन्छ।अनि तारा केवीन तर्फ लाग्छन बस चलेको छैन।
ए को हो त्यो हँ?खेल्नेहो मँ संग?भन्दै बोतल घुमाउँछन दुई तिन जनाले पुरै बसलाई आतङ्कित पारेकाछन।तारा युवा प्रतिनिधि ग्रुपका इन्चार्ज थिए उनले हामीले अहिले केही गर्नु हुँदैन तपांईहरू चुपलागेर बस्नुश भने!अनि हामीले कुटाई खाने?भिम सिहँले आक्रोश ब्याक्त गर्छन,हाम्रा साथिहरूले पिटाई खाईसके तंपाईले चुप बस्न भन्नुहुन्छ!भन्दै उन्ले तारा सँग रिस पोख्छन।हुँनुपनि त्यो आवारा केटाहरूको आतङ्क चरम सिमामा थियो बस हिंड्न पनि दिएका छैनन्।उनिहरूले एकलौटो आतङ्क फैलाएकाछन बसमा बसेका केही बुढा बुजुर्गहरूले सम्झाउँन खोज्छन उल्टै धम्कि पाउँछन।हामि एतिका युवाहरू भयरपनि मारखानुपरेकोछ भन्दै विक्रमजितले थपछन।हो केहिछैन हामिले अब केहि गर्नुपर्छ!ताराले भने।
विक्रमजीत,भिम सिहँ, तारा,सरोज लगायतका केही युवा प्रतिनिधिहरूले अब केहिन केही गर्नै पर्छ भन्ने निस्क्रसमा पुग्छन।त्यो वेला अत्यान्तै अनुसाशित टिम हुन्थ्यो र टिमको एउटा इन्चार्ज हुनेगर्थ्यो त्योवेला तारा त्यो टिमको इञ्चार्ज थिए।ताराहरूले केहि एक्सनलिनु बिचार गर्दा
त्यो भन्दा पहिले उस्ले त्यो केसट लगाएको कन्डेकटर संग हातापाई गर्छ कन्डेक्टर झरेर नजिकै पेट्रोल पम्पमा बसेको एकजना यातायात युनियनका ब्याक्ति जो भर्खरका युवानै थिए उनि बसमा चड्छन अनि त्यो युवालाई केही नसोधेर धमाधम चारपांच थप्पड जमाई दिन्छन।उस्लाई कुटेको देखेपछि त्यो सँग भयका दुई जना ब्याक्ति त्यँहाबाट भाग्छन।
त्यो ब्याक्तिलाई पुलिसले पनि छोप्दैन खै कतागए त ति केटाहरू भन्दै खोज्या झैं गर्छन, उनिहरू नजिकैछन तर छोप्दैन।अब विक्रमजीत लगायतका सबै युवाहरू र बसमा बसेका सबै यात्रुहरूले यि युवाहरूलाई बसबाट निकाल्न भन्छन।तर त्यसो गर्नु त्यति सजिलो थिएन किन
ति युवा मध्य एकजना त्यो बसको मालिकनै रहेछ।तर पछि बसको यातायात युनियनलाई भने सबैले या त हाम्रो किराया फिर्ता दिनुपय्रो या यो युवालाई झारनुपय्रो भनेर सबै अढेपछि उक्त केटालाई त्यो बसबाट झार्न यातायातले मज्जुर गर्यो।त्यो बसको मालिक भन्नेलाई झारेर विक्रमजीत लगायतकाले बस लिएर हिंड्छन।यसरी एकतामा ठुलो बल हुन्छ।त्यो आतङ्कको रात लाई शंघर्ष गरेर मात्र बिहानको लालि उदाउँन सफल भएको झलझलि शम्झना आईनै रहन्छ।

चर्चामा

सम्बन्धित समाचार