शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • एमसिसि बारे मेरो धारणा तपाईको निर्णय

एमसिसि बारे मेरो धारणा तपाईको निर्णय

  • बुधबार, फाल्गुन ४, २०७८
एमसिसि बारे मेरो धारणा तपाईको निर्णय

एम.सी.सी बारेमा स्पष्ट धारणा जनतालाइ सत्य तथ्य नभनेर चर्को भाषण गर्ने ठुला नेताहरु बोल्न पर्ने बेलामा दुला पसे पछी नेपाली जन -मानस मा झन अन्योल र आक्रोश देखिएको छ ! आफुले केही नबुझेको भए ,” मलाई थाहा छैन ” पनि भनेका छैनन , बुझेको भए जनता लाई बुझाउन मेहेनत पनि गरेका छैनन । एम.सी.सी बारे मेरा केहि धारणा राख्छु , तपाईं आफ्नो निर्णय गर्नुहोस

१) एम.सी.सी बाट पाउने अनुदान बाट गरिने विकासका कार्यक्रम अति आवश्यक हो र यसको दीर्घकालिन फाइदा छ भनेर सबै नेपाली एक्सपर्ट हरुले भनेका छन ! यस कुरामा विवाद छैन ।

२) धेरै अध्ययन , डिप अनालाइसिस र रिसर्च बाट मैले सिकेको कुरा , ” अमेरिकामा केही कुरा निःशुल्क हुँदैन “; मेरो विचारमा एम.सी.सी काे उदस्य चिन काे व्यापारिक र अन्य इन्फ्लुइन्स लाई चेक मा राख्नु हाे !

३) एम.सी.सी मा हस्ताक्षर गर्यो भने अमेरिकी सेना नेपालमा आएर बस्छ हाेला भनें हल्ला फिजाइएको छ ! एम.सी.सी मा त्यस्तो उल्लेख छैन । अमेरिकी सेनाले दुःख दिएको भन्दै धेरै भिडियो सामजिक सञ्जाल फेसबुक , युटुब भरी छन । प्रायः भिडियो मा देखिएका सैनिक अमेरिकी सैनिक हैनन । १-२ वोटा इराक र अफगानिस्तान को भिडियो मा अमेरिकी सैनिक छन , जुन एम.सी.सी संग सम्बन्धित होईनन । अमेरिकालाई आफ्नो सैनिक नेपालमा नराखी नहुने अवस्था आयो भने एम.सी.सी मा हस्ताक्षर गरे पनि नगरे पनि , जसरी पनि ल्याएर राख्ने बहाना बनाउन सक्छ । अहिले नै सक्छ । त्यसो गर्दा न चीनले हाम्रो पक्ष लिन्छ न भारतले

४) भारत सरकार , भारतीय सुरक्षाबल र भारतिय गुप्तचरले अहिले सम्म नेपाल राज्य व्यवस्था , नेपाली भुमी र नेपालीलाई दुःख दिएको जुन पिडा नेपालीको मानसपटलमा छ – सोही पिडा कै प्रिजम बाट हामीले एम.सी.सी र अमेरिकनलाई हेरेका छौ

५) अमेरिकाको सार्बभौंमिकता र अमेरिकन नागरिकको सुरक्षामा (जानी- जानी प्रत्यक्ष ) खलल पार्नेलाई उसले आजको मिती सम्म बाँकी राखेको छैन । अन्यलाई आजको मितिसम्म छोएको पनि छैन

६) नेपाली जनता आफ्नै नेताहरुले विगतमा भारत संग गरेका धेरै समझौताहरु देखेर भागेर अब कुनै पनि हालतमा उनीहरूको विश्वास नगर्ने पक्षमा छैनन । अझ त्यसमा पनि बिगतमा प्रत्यक्ष सम्झौता गर्ने र अप्रत्यक्ष भारतको गोटी बन्ने सबैजना (उही नेताहरु ) कि सत्तामा छन कि सत्ता पक्षकै पार्टीको प्रमुखमा पदमा छन । यिनीहरू बाट फेरिपनि धोका हुन सक्छ भन्ने बुझाई छ । यिनले भनेकाे कसैले पत्याउने अवस्था अनि स्थिति छैन

७) अमेरिकीले भारतले झै धोका दिए हामीले केही गर्न सक्दैनौं भन्नेे डर सबै नेपालीमा छ , जुन जायज प्रश्न हो । जनताको मनमा भएको यस्तो त्रासलाई शान्त पार्न जनतासंग गएर कुरा गर्ने छलफल गर्ने , अन्योल भए हटाउने , एम.सी.सी काे फाइदा र बेफाइदा बारेमा स्पष्ट बोल्ने कोही छैनन । सबैले जिब्रो चपाएर कुरा गरेको देखिन्छ

८) एकछिन लाई मानौं अमेरिकाले नेपालमा सैनिक पठाएर (अहिले नेपाली जनमानसमा त्रास भयेको जस्तोे ) नेपाललाई खतमै पार्न खोज्यो भने त्यसो गर्नु अघि अमेरिकन सरकारले अमेरिकन जनताकाे साथ नलिकन गर्नै सक्दैन । नेपाली प्रति अमेरिकी जनता माझ निकै सदभाव छ । अमेरिकी सरकार वा सैनिक को कारण नेपालीहरुले दुःख पाएको कुरा त्यहाँको मीडिया ले चाल पायो भनें उनीहरूको सरकारलाई पनि लज्जास्पद को विषय हुन्छ ! अमेरिकी सेना , भारतिय सेना जस्ता हैनन । नेपालमा कुनै घटना घटाए भनें उनीहरूले अमेरिकामै अन्य अमेरिकी नागरिक माथि गरेको अपराध अनुसार नै कारबाही हुन्छ । त्यस्तो घटानाको प्रमाण नेपाल प्रहरीले जुटाएर दिएपनि काम गर्छ । यस्तो खालको कारबाही केही अमेरिकन सेनाले भोगेका पनि देखिन्छ। आजको मितिमा पनि कोही जेलमै छन । अमेरिकामा पब्लिक माझ सैनिकको मान (इज्जत) नीकै ठुलो छ । विभिन्न अध्ययन तथा रिसर्चमा उनीहरूको इज्जतमा आँच आउन नदिन सेनाले नीकै मिहिनेत गरेको पनि पाइएको छ

९) अमेरिका संग सम्झौता गर्दा चीन दच्किन्छ र अर्को समस्या सुरु हुन्छ भन्ने धारणा पनि छ जुन जायज प्रस्न पनि हो । समय र परिस्थिति अनुसार सन्धि , सम्झौता , व्यापारिक कारोबाराे , कुटनीतिक सम्बन्ध , सबै देशहरु संग राख्दै जानु पर्छ । हाम्रो देशकाे महत्व देखेर उनीहरूले हामीलाई प्रयोग गर्न खोजे भने हामीहरूले पनि उनीहरूलाई प्रयोग गर्न जान्नु पर्छ ।

१०) एम.सी.सी मा हस्ताक्षर गर्ने कि नगर्ने भनेर मलाई सोध्नु भयो भनें म ” अहिले नगर्ने ” भन्छु । हस्ताक्षर गर्नु अघि कम्तीमा जनता माझनै गएर जिब्रो नचबाई , केही नलुकाई , जनताकाे सम्पुर्ण जवाफ दिनु पर्छ । अहिले सम्म गरेको सन्धि सम्झौताबाट देशलाई भयेको क्षति के के हुन र दोषी को काे हुन ? सबैकुरा खुलाउनु पर्छ । जनतालाइ ढुक्क पार्नु पर्छ । रिस्क अनी बेनिफिट जनताले प्रष्ट बुझ्नु पर्छ। एम.सी.सी लाई जनतालाई चित्त नबुझेको बुँदा छन भनें छलफल , बौद्धिक बहस र विश्लेषक हरूको मदतले परिवर्त्तन गर्नु पर्छ । पछी एम.सी.सी सम्झौताबाट नेपालीहरुले धोका पाएको महसुस गरें भनें त्यसो हुन नदिन लड्ने भनेका जनता नै हुन । नेपाली सैनिकको लड्ने खुबी छैन । सम्पुर्ण नेपाली जनता लाग्यो भने अमेरिकि सरकार त के इन्द्रेकाे बाउ चन्द्रे आएपनि झुकाउन सकिनेछ । गलत कार्यबाट रोक्न सकिनेछ ।

चर्चामा

सम्बन्धित समाचार