शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सयुक्त बिरोध प्रदर्शनको मर्म छिट्टै बुझ्नुपर्छ सरकारले

सयुक्त बिरोध प्रदर्शनको मर्म छिट्टै बुझ्नुपर्छ सरकारले

  • बिहिबार, माघ २७, २०७८
सयुक्त बिरोध प्रदर्शनको मर्म छिट्टै बुझ्नुपर्छ सरकारले

आज०९-०२-२०२२को दिन देशभरिनै एमसीसीको बिरूद्धमा प्रदर्शन भयको समाचार छन। हुन त राजमो लगायतका कतिपय राजनीतिक दलहरूले सुरू देखिनै एमसीसीको बिरोध गर्दै आएकाछन।
वास्तबिक रूपमा एम सीसीको बारेमा देशभरिका जनताले र स साना राजनीतिक दलहरूले ब्यापक बिरोध गर्दागर्दै पनि कतिपय सरकारमा बसेका पार्टीका नेतृत्व तहका नेताहरूले एमसीसीलाई संसदमा प्रस्तुत गर्ने र संसदबाट त्यसलाई पारित गराउँने दुसशहास गर्दैछन।आज कतिपय कारणले संसद सत्र बन्द भयपनि बिभिन्न राजनीतिक दलहरूले एमसीसीको बिरोधमा सडकमा प्रदर्शन गरे। खराब मौसमको बाबजूद सयौंको संख्यामा दाङको घोराहीमा पनि भब्य रूपमा बिरोध प्रदर्शन भयो।
नेपाल कम्युनिष्टपार्टी दाङ, नेपाल कम्युनिष्ट पार्टी माले दाङ,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी दाङ) नेपाल कम्युनिष्ट पार्टी (मसाल)दाङ,चारदलको घोराही उप महानगर पालीकामा एम सीसी बिरूद्धमा संयुक्त बिरोध प्रदर्शन घोराहीको ट्राफिक चौक देखि बजार परिक्रमा गर्दै तुल्सिपुर चौकमा एउटा सभामा परिणित भयो।यो बिरोध प्रदर्शनमा बिभिन्न बक्ताहरूले एम सीसीका दुसपरिणाम यो भित्र लुकेको रणनीतिको बारेमा बिस्रित प्रकाश पारेका थिए।
एम सीसीलाई अमेरिकी साम्राज्यवादले लामुसमय देखि ल्याउँन खोजेको थियो।एमसीसी सन२००४मा गठन भयकोहो तर २०१७मा नेपाललाई पनि सामिल गर्ने भन्दै त्यो वेलाको नेपाली क्रांग्रेस र एमाओवादीको शयुँक्त सरकारका पालामा त्तकालिन बिदेश मन्त्री ज्ञानिन्दरबहादुर कार्की र जोनाथन नाशले हश्तक्षर गरेपनि यसलाई नेपालको संसदबाट दुई तिहाई बहुमत द्वारा पारित गराएर लागु गर्ने प्रावधान अनुसार सरकारले कार्यगर्दै आएको थियो।
एम सी सी लाई पारित गराउँन केपी ओलिको सरकारले धेरै प्रयास गरेका थिए तर त्यो सम्भब नभयपछिनै उन्ले पुसको पांच गते झण्डै दुईतिहाई बहुमत भयको आफ्नै सरकारलाई बिघटन गरेकाहुन।त्यो वेला ओलिलाई ‘रअ’का प्रमुखले भेटेर राता रात ओलिलाई लोलिपोप दिएका थिए।ओलिले संसद बिघटन गरेर आफ्नै रोहबरमा मध्यब्दि चुनाउ गराउँन चाहान्थे।त्यो ओलिको सपना मात्र सपना रह्यो।सर्वोच्चको फैसलानुसार उन्लाई संसद पुनर्वहाल गर्नुपय्रो।

उन्ले त्यतिमात्रै गरेनन् नागरिकता लाई खोकलो पार्ने उदेश्यले नागरिकता बिधायक समेत ल्याएका थिए र राजेन्द्र महतो जस्तालाई देशको उप प्रधान मन्त्री समेत बनाउनपनि पछि परेनन्।लगातार ओलिको बढ्दै गयको प्रतिगामि कदम र बिदेशीको दलालि प्रवृतिले देश खतरामा परेको अबस्थामा त्यो उन्को प्रतिगामि ब्यबहारलाई रोक्न सक्ने एकमात्र हतियार भनेको सरकार बाट उन्लाई हटाउँन नितान्त आबस्याकता भयो।
त्यहि शन्द्रर्भमा नेपाली कांग्रेसलगायत पांच दलको गठबन्धन भयो र त्यो गठबन्धनले ओलिलाई पाखा लगायो।राष्ट्रिय जनमोर्चाले देशको तरल अबस्थालाई ध्यानराखेर त्यो वेलाको गठबन्धन सरकारलाई बाहिर बाट समर्थन दिएकोथियो।यद्मापी नेपाली कांग्रेस राजमोको बिष्लेषण अनुसार दुश्मन शक्तिहो।

तर पनि शंघर्ष एकता र शंघर्षको सिद्धान्तनुसार राजमोले राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने आफ्नो घोषित निर्णयनुसार गठबन्धन सरकारलाई बाहिरबाट समर्थन गरेतापनि एमसीसीको र संघियताको लगातार बिरोध गर्दै आएको कुरा कसैबाट पनि लुकेकोछैन।अहिले एमसीसीको लगातार बिरोध गर्दै आएकोछ।एमसिसी भनेको अमेरिकि सरकारले चीनलाई घेरन ल्यायको रणनीतिहो त्यसकारणले पनि हामिलाई यो अनुदान नभयर एउटा सम्झौता अन्तरगत भित्रिने भयकोले हाम्रो देशको लागि एमसीसी राष्टघाती नैछ।अमेरिकाले आफु संसारको महाशक्तिनै रहिरहनेर संसारमा मनपरि गर्न पाउँने आफ्नो त्यो स्वर्गलाई गुमाउँन चांहादैन तर चीनको उदाउँदो शक्ति बाट तर्शिएर चीनलाई घेर्ने योजनामा यो एमसीसी अगाडि सारेको हो।यदि अनुदाननै हो भने संसदबाट पासनै किन गराँउनु पय्रो त्यत्तिकै दिए त भैगो।
चीनलाई आफ्नो बराबरी गर्न बाट रोक्नको लागि अहिले हाम्रो देशलाई प्रयोगमा ल्याउँने अमेरिकाको रणनीतिहो।हाम्रो देश असलंग राष्ट्र भयकोले र भूपरिबेष्ठित अबस्थामा रहेकोले पनि हाम्रा लागि भारत र नेपाल दुबै देश संग सन्तुलन बनाएर राख्नुपर्ने हुन्छ।अमेरिकी साम्राज्यवादले नेपाल गरिबछ भनेर नेपाललाई धनी बनाउन दया किन गर्थ्यो?जसले इरान इराक र अफगानास्तान समेतलाई ध्वस्त पार्न पछि परेन।सद्धाम हुसेनलाई आणबिक अधियार लुकाएको झुठ्ठा आरोप लगाएर पुरै परिवार सहित मराएको भर्खरनै हो।पेरू भियाली देशमा त्यँहाका क्रान्तिकारीहरूलाई कुचल्न आफ्ना सैना खटाएको थियो।
आफुले बनाएको अरबपति ओसामाबिन लादेनलाई पाकिस्तानमा घुसेर मारेकोहो। भारतलाई पांच सय बर्ष सम्म गुलाम बनाएर राख्यो भारतिय मुक्तिक्रमिहरूले एक सए बर्ष सम्म बलिदानि पुर्ण संघर्ष गरेर मात्र देश आजाद बनाएका थिए।त्यो पनि अन्तिममा एउटा सम्झौता गरेर सन१९४७मा स्वतन्त्र भएका हुन।भारत र पाकिस्तानलाई जातिय जालबुनेर टुक्रा पारेको अंग्रेज साम्राज्यवादनैहो।नेपालको टिस्टा देखि सतलज सम्मको भूभाग खोसेर भारतमा गाभेको त्यहि अंग्रेज साम्राज्यवादहो।

अहिले किन त्यसलाई हाम्रो दया लाग्यो त?दया लागेर मायाँ लागेर अनुदान दिएको होईन हाम्रो देशलाई खरानि पार्न रणक्षत्र बनाउँन ल्याईएको यो एमसीसी नेपाली जनतालाई स्विकारछैन।तर कति पय दलाल मानसिकता भयका नेताहरूले पहिले एमसीसी पारित गराउँने एवजमा कमिसन खाई सकेकाछन त्यसैले कहिले पारित गर्ने पत्र लेख्छन कहिले जनतालाई भेंडा बाख्रा बताउँछन।हिंजो सम्म प्रचण्डले जस्ताको तस्तै स्विकार नगर्ने भनेर आफ्नै महाधिबेशनमा आएका प्रतिनिधिहरूलाई मुर्ख बनाए र अहिले एमसीसी बोर्डलाई पारित गराउँन पत्रलेखेक बाहिरिएकोछ।

आखिर एमोओवादीहरूले प्रचण्डको यो ब्यबहारलाई कसरी बुझ्लान त्यो हेर्न बांकिनैछ।अहिले भने एमसीसीको बिरोधमा देशैभरी बिरोध प्रर्दर्शन भयकोछ।देशलाई जोगाउन देशभक्तहरूले राष्ट्रिय झण्डा बोकेर अगाडि बढ्नुपर्ने आबस्याकता छ।

चर्चामा

सम्बन्धित समाचार