शुक्रबार, जेष्ठ ४, २०८१

एम सीसीको भुत!

  • सोमवार, माघ २४, २०७८
एम सीसीको भुत!

सुरेशकुमार पान्डे — पहिले ओलिले एम सीसी संसद बाट पारित गराउँन नसकेपछि झण्डै दुई तिहाईको सरकार र संसद बिघटन गरेका थिए।उन्ले त्यो वेला सोंचेका थिए यो संसदलाई बिघटन गरेर मेरै सरकारको रोहबरमा मध्यब्दि निर्वाचन भयो भने मेरो पार्टीले दुई तिहाई बहुमतलिएर सरकार बनाउँछु र यो एमसीसीलाई पारित गरेर अमेरिकाको कटपुतलि बन्ने सोभाग्य मलाई प्राप्त हुनेछ।त्यो उन्को सपना सपनामात्रै भयो।स्वबोच्चले उन्को त्यो महत्वकंक्षमाथि तुसारापात पाय्रो उन्लाई संसदको पुनर्वहाली गर्नुपय्रो।
अहिले शेरबहादुर देउवाले पनि उनैको पदचिन्हमा हिंड्दै यदि संसदबाट एम सीसी पारित भयन भने सरकारमा बस्दैन भन्दै वार्गेनिङ्ग गर्न थालेकाछन।प्रचण्डलाई चाहिने पनि एमसीसी बाबुराम भट्टराईलाई चाहिनेपनि एम सीसी आखिर यि नेताहरूको मष्तिकमा एम सीसीको भुतले बास बसेकोछ।डा.बाबुराम भट्टराईले त झन एम सीसीको बिरोध गर्नेलाई देशद्रोही भन्दै उनिहरूलाई देश निकाला गर्नुपर्छ भन्छन।जस्ले देशभित्र साम्राज्यवादी शक्तिलाई प्रवेशगर्न दिनुहुँदैन भन्छन उनिहरू देशद्रोही भय जस्ले बिदेशीलाई देशभित्राएर देशलाई रणभूमी बनाउँन खोजेकाछन उनिहरू देशभक्त भयकाछन।यि नेताहरूले गर्दा हाम्रो स्वर्ग तुल्य देश आज नर्क समान भएकोछ।
एकातिर सारा देशका जनता एमसीसीको बिरोधमाछन आर्को तिर कयौं ठुला दलका नेताहरूलाई एम सीसीको भुत चढेकोछ।यो एमसीसीले उनिहरूलाई ठुला दलबाट साना दलमा तबदिल गर्न बेरछैन त्यो राष्ट्रघाति त छँदैछ आत्मघातिपनि हो।
अमेरिकन साम्राज्यवादी फर्मूला जो एसियाका स-साना देशहरूलाई अनुदानको रूपमा आफ्नो आघोशमा लिन आतूरछ।उस्ले सन२००४मा चीनको बढ्दो बिकाशलाई देखेर नयां शक्तिशालि देश चीनको बढ्दो शक्ति कुनैपनि दिन आफ्नो सबैभन्दा ठुलो संकट हुन सक्ने महेशुर्ष गर्दै त्यो शक्तीलाई कमजोर बनाउँने उदेश्यले नयां शड्यन्त्र रचेकोथियो।”अमेरिकि मिलेनियम च्यालेञ्जर क्याप्ट.”जसले खास गरेर दक्षिण एसियाका कयौं गरिब देशहरूलाई आर्थिक सहयोगको नाउँमा आफ्नो अधिनमा राख्ने यो अमेरिकी योजनालाई श्रीलंका ले आफ्नो देशभित्र पस्न दिएन।तर नेपालका लाछि नेताहरूले जुन वेला नेपाली कांग्रेस र एमाओवादीको सरकार थियो सन२०१७मा त्यहि वेलामा त्यो वेलाका बिदेश मन्त्री ज्ञानिन्दरबहादुर कार्की र जोनाथन नाशले एउटा सम्झौतामा हश्ताक्षेर गरेर यो एमसीसीमा करार जताएकाथिए।जो अहिले देश र जनताको लागि दुर्भाग्य साबित भयकोछ भने नेताहरूको मष्तिकमा भूतबनेकोछ।
हाम्रो देशका नेताहरूले जहिलेपनि बिदेशी सन्धि र सम्झौता गर्दा सधैभरी हतारमा गर्छन अनि त्यसपछि त्यसबारे देशमा अन्य दलहरूले त्यसलाई अध्यायन गरेर त्यसको कम्जोर पक्षलाई बाहिर निकाल्छन र त्यसैमा बादविबाद हुनेगर्छ। हुनुपर्ने सम्झौता गर्नुभन्दा पहिले त्यसबारे गहन अध्यायन गरेर सकेसम्म पक्ष बिपक्षले अध्यायन गरेर बल्ल त्यो बिषयमा करार हुनुपर्नेहो तर त्यो बुद्धि कँहा बाट ल्याउँने?थोरै आर्थिक सहयोग प्राप्त भयोभने उनिहरूले त्यसबारे आंखा चिम्लेर सम्झौता गर्छन त्यसैको परिणाम यो अहिलेको रोग देशभित्रिएकोहो।अहिले यो चिसोको वेलामा देशभरीका जनताले एसीसीको बिरोधमा सडकमा उत्रिन बाध्य भयकाछन भने नेताहरूले कसरी यो पारित गराएर अंग्रेज को गुलामि गरौं भन्नेमा लागि रहेकाछन।यो खिचलोमा बिकास ठप्प भयकोछ लगातार देशमा आर्थिक भार परेकोछ।एकजना नागरिकलाई ४६हजार रिणको भार परेकोछ संघियता देशमा लागुभयपछि देश झनपछि झन गरिविको रेखा भन्दा तल भाशिंदै गयकोछ।त्यो संघियतालाई खारेज गरेर देशको आर्थिक बोझलाई कमगर्नुको सट्टा अमेरिकि कथित अनूदानको बिषलाई भित्राउँन तछाड मछाड गरेकाछन।हाम्रो देशमा त्यहि अंग्रेज ले गर्दा आज टिस्टा देखुन सतलज सम्मको देशले भूभाग गुमाएको ईतिहाश हुँदाहुदैपनि यि केहि लाछि नेताहरूले अर्को पल्ट त्यहि अमेरिकी साम्राज्यवादलाई देशमा भित्राएर अर्को संकट जनता र देशलाई थोप्ने प्रयात्न गर्दैछन।एमसीसी कुनै अनुदान होईन बरू चीनलाई घेर्न हाम्रो धर्तीलाई प्रयोग गर्ने प्रोपगाण्डाहो।उनिहरूले कुनैपनि देशलाई झुठा आरोप लगाएर देशमाथि आकारमण गरेको अहिले ईरान ईराक अफ्गानिस्तान आदि देशहरू हाम्रो अगाडि उधारण बनेकाछन।यो अमेरिकी साम्राज्यवादलाई देश भित्राउँनु भनेको हाम्रो देशलाई अमेरिकाको सैनिक आखडा बनाउँनुनैहो।एम सी सी बाट न त कुनै पार्टीलाई फाईदाछ न देशलाई फाईदाछ न जनतालाई फाईदाछ मात्र कतिपय नेताहरूको नीजि स्वार्थका लागि देशलाई साम्राज्यवादको सैनिक आखडा बनाउँन यि नेताहरू तल्लिन्छन।

चर्चामा

सम्बन्धित समाचार