• होमपेज
  • विचार/ब्लग
  • देशमा भ्रष्टचारले सिमा नाग्यो

देशमा भ्रष्टचारले सिमा नाग्यो

  • शनिबार, माघ २२, २०७८
देशमा भ्रष्टचारले सिमा नाग्यो

सुरेशकुमार पान्डे
देशभित्र लगातार जनताको स्वास्थयमाथी खेलवाड हुंदै आएकोछ।गलत पिसिआर रिपोर्ट बनाउँने गिरोह राजधानी देशको मुटु नै मान्निने ठाउँ बाट पक्डिएको भर्खरको एउटा उधारणलेपनि प्रष्टपार्छ।
अहिले सम्म उनिहरूले कति नागरिकहरूको स्वास्थय सँग खेलवाड गरे त्यो त उनिहरूलाई नै थाहा होला तर ढिलो भयपनि उनिहरू प्रसाशनको हातलाग्नु भनेको भने शन्तोषजनक मान्नुपर्छ।तर पनि यो खेल देशैभरी चलेको हुनसक्छ र यो कारोवारमा कुनै शक्तिसालि ब्याक्तिको हात हुनसक्छ।आखिर प्रसाशनको नाकमुनि राजधानी जस्तो ठाउँमा यसरी मानिसहरूको भबिस्य र स्वास्थय सँग खेलवाड गरिन्छ भने देशको अबस्था कस्तोहोला?हाम्रो स्वर्ग तुल्य देशलाई भ्रष्टचारीहरूले नर्क समान बनाएकाछन।
मिहेनत गरेर खाने नेपाली जनताले कहिले चोरेर,ढांटेर मागेर समेत खाएको थिएन अहिले ठाउँ ठाउमा चोरी डकेति ठग र भ्रष्टचारीहरूको जञ्जालछ।कतै बाटोमा हिंड्दा पनि भिख मांग्नेहरूको लाईन भेट्टिन्छ।एउटा वीर कहिले कसैको गुलाम नभयको देश संसारका देशहरूको रक्षक बनेर बोम र बारूध सँग खेल्ने नेपाली बहुदुरहरूको देशको अबस्था यस्तोछ।संसदमा गयका जन प्रतिनिधिहरूको कुटाकुट हुन्छ राजनीतिको भरपर्दो जनता र देशको हितमा कुनै एजेण्डाछैन।
मात्र बिदेशीहरूको ईसारामा कुटामार हुन्छ एकले आर्कालाई दुश्मन जस्तो देख्ने गर्छन।
दुःख त यँहानिर बढि हुन्छ एउटा कम्युनिष्टको शिद्धान्त बोकेको राजनीतिक पार्टी वा ब्याक्तिले आफ्नै बर्गलाई सबैभन्दा ठुलो दुश्मन सम्झिन्छन।आखिर हाम्रा मित्र कोहुन र दुश्मन कोहुन त्यो समेत छुट्याउँन नसक्ने हाम्रो देशका नेताहरू भयपछि देशको अबस्था सामाजिक ढांचा कस्तो हुनसक्छ अनुमान लगाउँन सकिन्छ।कुनै उद्मोग कलकारखाना खोल्ने युवाहरूलाई रोजगार दिनेकुरा त कताहो कता साम्राज्यवादी मुलुक बाट अनुदानको आश गर्ने र माईखाने अबस्था सिर्जित भयकोछ।
एम सीसी जस्तो खतरनाक बिषलाई भित्राउँनका लागि तछाड मछाडछ यिनिहरूले भबिश्मया यो देशलाई रणभूमि बनाएर छाड्नेछन भन्नेकुरा यिनिहरूको ब्यबहारले पुष्टी गरेकोछ।हाम्रा पुर्वजहरूले नखाई नलगाई जोगाएको सम्पत्ति राष्ट्रिय स्वाभिमानलाई धितो राखेर कतिपय राजनीतिक पार्टीहरूले एम सीसी भित्राउँने खेल खेलि रहेकाछन।
हिंजो आठ दलको अन्तरिम सरकारले कथित मधेशवादी आन्दोलनको दवाबमा भित्राएको संघियताले आज देश कहां पुगेकोछ भन्ने कुरा कसैलाई द्वौराउंन घोकाउँन नपर्ला।किनभने संघियताको परिणाम आज देशको अस्तित्व लिलाम हुनेकागरमा पुगेकोछ त्यो कुरा कसैबाट पनि लुकेकोछैन।
अहिले एम सीसी जस्तो घातक सम्झोता गर्न कथित ठुलादलहरूको तछाड मछाडछ पहिले ओलिले त्यो पारित गर्न नसकेर दुई तिहाई बहुमतको सरकारलाई मृत्युको संघारमा लगे त्यो मात्रैहोईन उनले पुसको पांचगते गरेको त्यो संसदको बिघटन र खेलेको प्रतिगामि खेलको सेरोफेरोमा आज देशको अबस्थाछ।उन्ले एमसीसीलाई जस्ताको तस्तै संसदबाट पारित गराउँन खोजेका थिए नसकेपछि उन्ले संसद बिघटन गरेर पुन संसदिय मध्यब्दि निर्वाचन गराउँन खोजेका हुन त्यो सर्वच्च अदालतले दिएन।अहिले पनि उन्को नियत राजा र भारत संग मिलेर भयपनि चुनावमा भारि मत लिने र एमसीसीलाई पारित गराउँने देशमा हिन्दु धर्मको पुनर्वहाल गर्ने आदि सर्तमा उन्ले राजावादी शक्ति र छिमेकि सँग सहयोग प्राप्त गर्नेछन।
देशभित्र कम्युनिष्टको त बिउ पनि जोगिन कठिन भयको अबस्थामा आफुलाई खांटीका क्रान्तिकारी भनौदाहरूले कम्युनिष्ट आन्दोलनलाई छिया छिया पार्न प्रयात्न गर्दै आएकाछन।
राष्ट्रिय जनमोर्चाले लगातार सरकारको गलत निर्णयको भन्डाफोर्ड गर्दै आएकोछ।जस्मा एमसीसी र संघियता लगायतका कयौं राष्ट्रघाती नीतिको बिरोध गर्दै आएकोले प्रष्ट पारेकोछ।कतिपय साथिहरूले नेकपा मसालको कार्यनीतिलाई नबुझेर दुश्मन संगपनि एकता गर्ने लेनिनवादी सिधान्तलाई पचाउँन नसकेकोहो।दुश्मन शक्ति संगपनि शंघर्ष एकता र एकता शंघर्ष को नीतिलाई हामिले कार्यनीति बनाएर जानुपर्छ।राष्ट्रियताको सवालमा राजा संगपनि एकता गर्न सक्नुपर्छ त्यसैलाई देशको हितमा पार्टीको भन्दा माथि उठ्न सक्नुपर्छ।अहिले राजमोले कांग्रेशको नेतृत्वमा बनेको गठबन्धन सकरकारलाई बाहिर बाट सहयोग गरेपनि उस्ले लिएका गलत नीति राष्ट्रघाति बिचारको लगातार बिरोध गर्दै आएकोछ।
कतिपय मित्रहरूले कयौं पार्टीले अप्नाएका पुराना बिषयबस्तुहरूलाई लिएर त्यो वेला यस्तो भनेको थियो आज आफैले त्यहि गय्रो जस्ता केहि उधारणहरू दिदैं आउँनुभयकोछ।पार्टीले अप्नाउँने कार्यनीतिलाई बस्तुगत अबस्थाअनुसार फेरबदल गरेर जांदा हिंजोको जस्तो अबस्था आज नहुने र आजको जस्तो भोलि नहुँनेकुरा पनि बुझ्नुपर्छ।अहिले देशमा भ्रष्टचारले सिमाना नागेको वेला हामि सबै न्याय प्रेमीहरू देशभक्त र क्रान्तिकारीहरूको एकताले ठुलो महत्व राख्दछ।

चर्चामा

सम्बन्धित समाचार