शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास

बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास

  • शनिबार, माघ २२, २०७८
बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास

बाजुरा — बाजुरामा सशस्त्र प्रहरी बलको भवनको शिलान्यास गरिएको छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर डोटीका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर बिष्टले संयुक्त रुपमा शिलान्यास गरेका छन्।

बाजुरा जिल्लाको बडिमालीका नगरपालिका-९ जनौतिमा सशस्त्र प्रहरी बल नेपालको आफ्नै भौतिक संरचना निमार्ण गर्ने निती अनुरुप १२ रोपनी ६ आना क्षेत्रफलमा भौतिक संरचना निमार्णको कार्य सुरु भएको सशस्त्र प्रहरी बल बाजुराका डिएसपी दिपक बिष्टले बताएका छन ।  आफ्नै भौतिक संरचना निमार्ण हुदाँ सेवा प्रवाहमा समेत सहजता हुने अपेक्षा रहेकाे  बिष्टकाे भनाइ रहेकाे छ।

चर्चामा

सम्बन्धित समाचार