शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • राष्ट्रिय जनगणनाको तथ्याङ्कमा त्रृटि भएको भन्दै गौमुल गाउँपालिकाद्धारा पत्रकार सम्मेलन

राष्ट्रिय जनगणनाको तथ्याङ्कमा त्रृटि भएको भन्दै गौमुल गाउँपालिकाद्धारा पत्रकार सम्मेलन

  • बुधबार, माघ १९, २०७८
राष्ट्रिय जनगणनाको तथ्याङ्कमा त्रृटि भएको भन्दै गौमुल गाउँपालिकाद्धारा पत्रकार सम्मेलन

बाजुरा–राष्ट्रिय जनगणनाको तथ्याङ्कमा त्रृटि भएको भन्दै गौमुल गाउँपालिकाले पत्रकार सम्मेलन गरेर त्रृटि सच्चाउनु पर्ने वताएको छ । गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कमा गाउँपालिकाको जनसख्यामा त्रृटि भएको वताएकि छन् ।

प्रारम्भिक तथ्याङ्कमा गाउँपालिकाको संख्यामा धेरैको गणनामा नआएको गाउँपालिका उपाअध्यक्ष रोकायाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकि छन् । २०६८ सालको जनगणनामा गाउँपालिकाको संख्या ८ हजार ५ सय १५ रहेको छ । २०७८ को प्रारम्भिक तथ्याङ्कमा ८ हजार ७ सय ६५ देखाएको छ । उपाअध्यक्षले भनिन्, यो प्रारम्भिक तथ्याङ्क सरासर गलत भएको त्रृटिपुर्ण प्रारम्भिक तथ्याङ्क सच्चाउनुपर्ने वताईन् ।
यो तथ्याङ्क त्रृटिपुर्ण हुनुमा गणक दोषि रहेको उपाअध्यक्षले वताईन् । गाउँपालिकाले २०७५ सालमा घरघरमा पुगेर गाउँपालिकाको पाश्र्वचित्र निर्माण गर्दा १० हजार ६ सय ९४ रहेको जनाएको छ । २०७५ सालमा कर्मचारी घरघरमा पठाएर तथ्याङ्क लिदा त गाउँपालिकाको जनसंख्या १० हजार नाघेको थियो । तिन बर्षपछि सरकारले लिएको तथ्याङ्कमा उल्टै घटेर आउदा यो त्रृटिपुर्ण रहेको उपाअध्यक्ष रोकायाले वताईन् ।
तथ्याङ्क त्रृटि भएको जनगणनामा केहीको संख्या गणना नभएको भन्दै तथ्याङ्क कार्यलय मार्फत प्रधानमन्त्रिको कार्यालय, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क बिभागमा ध्यानाकर्ष पत्र पठाइसकेको छ । गाउँपालिकाले २०७८ मा गाउँपालिकाको पाश्र्वचित्र अध्यावधि गरिरहेको अहिले गाउँपालिको जनसंख्या ११ हजार ५  पुगेको छ, यो सार्वजनिक गर्न बाँकि रहेको छ, तथ्याङ्क पुष्टि गर्न बाकि रहेको पालिकाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यलय बाजुराका अनुसार गाउँपालिकामा ५ हजार ५ सय २ जना मतदाता रहेका छन् । हाम्रो त गाउँपालिकाको तथ्याङ्क त्रृटिनै रहेको छ, सरकारले यसलाई पुन गणना गरेर होस वा केही गरेर सच्चाउनुपर्ने गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताए । बाजुराका अन्य पालिकामा पनि तथ्याङ्क त्रृटि रहेको गुनासो आइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार