बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका स्थानिय तहमा सबै भन्दा बढि जनसंख्या बुढिनन्दा र कम गौमुलमा

बाजुराका स्थानिय तहमा सबै भन्दा बढि जनसंख्या बुढिनन्दा र कम गौमुलमा

  • बिहिबार, माघ १३, २०७८
बाजुराका स्थानिय तहमा सबै भन्दा बढि जनसंख्या बुढिनन्दा र कम गौमुलमा

जंग रावल — राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । जिल्लामा सबै भन्दा बढि जनसंख्या बुढिनन्दा नगरपालिकामा रहेको तथ्यांक रहेको छ भने सबै भन्दा कम गौमुल गाउँपालिकाको रहेको छ । बुढिनन्दा नगरपालिकामा २० हजार ७ सय ४५ रहेको छ भने गौमुल गाउँपालिकाको जनसंख्या ८ हजार ७ सय ६५ जनसंख्या रहेको छ ।
त्यसै गरी बढि हुनेमा दोस्रो बुढिगंगा नगरपालिकाको रहेको छ सो नगरपालिकाको जनसंख्या २० हजार ७२ रहेको छ । तेस्रोमा खप्तड छेडेदह गाउँपालिकाको रहेको छ सो गाउँपालिकाको जनसंख्या १९ हजार २ सय ७४ रहेको तथ्याङक रहेको छ ।

No description available.
त्यसै गरी बडिमालिका नगरपालिकाको १८ हजार ४ सय ३२ रहेको छ । सबै भन्दा ठुलो नगरपालिका भनेको त्रिबेणी नगरपालिकाको जनसख्या १७ हजार ९ सय ८९ रहेको छ । त्यसै गरी हिमाली गाउँपालिकाको जनसंख्या १० हजार ५ सय ३ रहेको छ । जगन्नाथ गाउँपालिकाको जनसख्यां १० हजार २ सय ५ रहेको छ भने स्वामिकार्तिक खापर गाउँपालिकाको १३ हजार १३ रहेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराको जनसंख्या ४ हजार ८६ मात्र बढेको तथ्याङ्कले जनाएको छ ।
२०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला ७१ हजार ३ सय ९० र पुरुष ६७ हजार ६ सय ८ रहेको छ । बाजुरामा पुरुष भन्दा महिला ३ हजार ७ सय ८२ जना बढी देखाएको छ ।
२०७८ को प्रारम्भिक नतिजा अनुसार २३ हजार ८ सय ९१ घर संख्याको गणना गरिएको उल्लेख गरिएको छ । बाजुरामा परिवार संख्या २८ हजार ९ सय २२ रहेको जनाएको छ । बाजुराको लैंगिक अनुपात ९४.७० रहेको छ । परिवारको आकार ४.८१, जनघत्व ६४ रहेको छ । बाजुराको बार्षिक बृद्धि दर ०.२९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।

चर्चामा

सम्बन्धित समाचार