शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • के मुहार पुस्तिकामा चिच्यार कम्युनिष्ट बिउ जोगिएला?

के मुहार पुस्तिकामा चिच्यार कम्युनिष्ट बिउ जोगिएला?

  • मङ्लबार, माघ ४, २०७८
के मुहार पुस्तिकामा चिच्यार कम्युनिष्ट बिउ जोगिएला?

सुरेशकुमार पान्डे — थुप्रै सुभ चिन्तकहरू मिडियामा चिच्चाई चिच्चाई भन्नु हुन्छ कम्युनिष्ट खतम भयो,बिउ पनि बचेन तर त्यो ब्यबहारले कम्युनिष्टको बिउ बच्न सक्छ त?जसले आजिवन कम्युनिष्ट बिचारको पक्षमा शंघर्ष गय्रो
त्यहि नेतृत्वलाई दक्षिण पन्थि भन्दै गलिपनि गर्नुहुन्छ त्यो भित्र भयोको गुणलाई देख्न सक्नु हुंदैन तमाम भए नभएका उसैका वैगुणलाई जनताको माझमा जबर्जस्त प्रचार गर्दै आफुभित्र भएको सबै भडाक निकाल्नु हुन्छ।त्यो ब्यबहारले देशमा कम्युनिष्ट जोगिन्छ त?
अहिले जति उंहाहरूले नेकपा मसालका नेतालाई गालि गर्दै आफुलाई अब्बल दर्जाको क्रान्तिकारी देखाउँन खोज्नु भयकोछ त्यति देशका दुश्मन दलालहरू भ्रष्टचारिहरू र देश मिचाहाहरूको बिरूद्धमा बोल्न सकेको भए दुष्टको अतिक्रमण गर्ने हिम्मत बढ्दैनथ्यो।त्यो आफ्नै बर्गलाई भन्न सकिनेरैछ तर अरूलाई बोल्ने हिंम्मत हुँदोरैनछ।
कम्युनिष्ट आन्दोलनमा कुनै गुरू चेला वा नेता भन्नु भन्दा पनि पार्टीका सदस्यहरूको उत्तिकै जिम्मेवारी हुन्छ कम्युनिष्टको बिचारलाई बचाउँने।
पार्टीले कुन कार्यनीति अप्नाएपछि देश र जनता अनि पार्टीलाई फाईदा हुन्छ त्यहि कार्यनीति अप्नाउंछ र अप्नाउँनु पनिपर्छ।जुन कार्यनीतिले पार्टीलाई लाग्छ रणनीतिमा टेवामिल्छ त्यहि पार्टीले अपनाउँछ।
संगठनको भित्र सहमतिय अबस्था हुंदैन भने बहुमतिय पद्धति द्वारा कार्यक्रम निर्धारित गरिन्छ।आफुलाई लागेको कुरा लागु हुन सकिन भनेर नेतृत्वलाई जेसुकै र जंहासुकै पनि बोल्नेहरू कम्युनिष्टको मापतण्ड भित्र पर्नुहोलार?मेरो बिचारमा त नपर्नु पर्नेहो।मानि देउं उँहाहरूका कतिपय बिचार ठिकहोलान तर त्यो बहुमतले गरेको निर्णयलाई लत्ताएर उनिहरूले भनेअनुसार काम गर्न थाल्ने?त्यसो पार्टी भित्र हुंदै गएपछि के होला भन्नुस त साथि।अनि पार्टी संगठनको निर्णयलाई मानेर संगठनको बिकासका लागि हिंडेकाहरूलाई हनुमान भन्ने,झोले टिके आदि ईत्यादि भनेर गाली गर्ने अपसब्द बोल्नेहरू क्रान्तिकारी हुन्छन त?पार्टी संगठन दरिलो हुन्छ बिचारले कोई कसैको पुच्छुर हुंदैन सबै स्वाभिमानि हौं तर कम्युनिस्टको कखरा भुझेकाले आफुलाई अनुसाशनको दाएरमा राख्ने गर्छन।
कयौं साथिहरूले ब्याक्तिकग रिसवीलाई मिडियामा उछालेर क्रान्तिको सपना देख्नु भएकोछ त्यस्तो ब्यबहारको यि पुराना साथिहरू बाट हामिले अपक्षा गरेका थिएनौं।हामिले अहिले पनि साथिहरूले आफ्नो त्यो ब्यबहारलाई त्यागेर संगठनको बहुमतिय प्रणालिमा सहमत भएर संगठनको भित्र बैचारिक छलफल गर्नुपर्छ अनुसासित भएर त्यसका लागि आफ्नै घरमा फर्किनुहोश।हाम्रो भित्र एउटा परिवारको भित्र भएका बादबिवाद त कसैलाई पनि थाहा नहुनुपर्ने हो पार्टीको अनुसाशन भित्र बस्ने र गोपनेताको पालना गर्नुपर्नेहो त्यसो नगर्ने जंहा पायो त्यंहि आफुलाई लागेको बोल्नेलाई पार्टीले अनुसाशनको दाएरामा ल्यायर कार्वाही नगर्ने हो भने पार्टी कस्तो होला?निश्चित रूपमा कम्यूनिष्ट रंहंदैन एउटा बुजुर्वा पार्टीमा परिणित भएर पार्टी पतन हुन्छ।
प्रतिकृयावादीले कहिलेई पनिकम्युनिष्टहरूको एकता नहौश उनिहरूमा सधै फुट हौश भनेर बिचबिचमा भ्रामित पार्ने गर्छन त्यहि जालमा परेर हामि आफ्नै मित्रलाई दुश्मन जस्तो सम्झिन्छौ।पार्टीले लिएको नीतिको बारेमा बिरोध गर्नु भन्दा देश परिस्थितिलाई गम्भिर मुल्यांकन गरौं।हिंजोको नेतालाई पार्टीले कार्वाही गर्यो त्यति पुरानो नेतालाई भनेर मन नदुखाउँ हो हाम्रो सबै पुराना साथिहरू संग भावनात्मक समबन्धछ र हुन्छ।कयौं हाम्रै आफ्ना नाता गोता पनि हुनुहोला त्यो सबै कुरा छुट्टै हो।हाम्रो उनिहरू संग भावना आत्मक सम्बन्ध त छंदैछ तर त्यो भएपनि सहि र गलत बिचारको लगातार फिल्टर गर्न सक्नुपर्छ तबमात्र हामिले कम्युनिष्ट बिचारधाराको रक्षा गर्न सक्छौं।हामिले कुन ब्याक्तिले कुन बेला कुनप्रस्ताब राख्यो भन्नेकुराको सम्बन्धित ठाउँ बाहेक अन्त राख्नु मिल्दैन बरू संगठनले के निर्णय गय्रो त्यो निर्णलाई सबैले कार्यान्वयन गर्नु पर्छ।
अहिलेको देशको अबस्थामा पार्टीले गरेको निर्णयलाई गलत भन्ने ठाउँछैन बरू बिरोधीहरूको भाषा बोलेर आफ्नो पार्टीलाई बद्नाम गर्ने साथिहरू वास्तबिक रूपमै गलतछन।अहिले भर्खर हामिले बन्दुक छोप्ने अबस्था पनि छैन यो अबस्थामा पार्टीले कुन नीति अप्नाएपछि ठिकहोला भनेर कार्यनीति तय गर्छ।
यति बेला पार्टीले कुन नीति अप्नाउँने त्यो पार्टीको बहुमतले निर्णय गर्छ साथिहरूको सुझाब बरू मैत्रिपुर्ण लिखित रूपमा यो भन्दा यस्तो गरेको भए हुनेथ्यो भनेर कामरेडहरूले भित्र सुझाब दिनुपर्थ्यो।
कुनैपनि कम्युनिष्ट पार्टीमा आस्था राख्ने कामरेडस.हो भने त्यहि अनुसारको ब्यबहार गर्नुपर्ने हुन्छ।भाईर मुहार पुस्तिकामा चिच्चाएर पार्टीले गलत गय्रो भन्ने ब्यबहार भनेको कामरेडको लागि आत्माघाति ब्यबहारनै हुन्छ।कसैले गालिगर्दैमा कसैले दक्षिण पन्थि वा संसद बादी भन्दैमा पार्टी ठ्याक्कै त्यस्तो हुंदैन।बरू अहिलेको यो अबस्थामा पार्टीले अप्नाएको नीति भन्दा बिशिष्ट कुनै राम्रो फार्मूला भए त्यसबारे मैत्रिपुर्ण बिचार लेख रचनालाई प्रकासित गर्नुश जसबाट देश र जनताको र तपाई हरूले भने जस्तै कम्युनिष्ट पार्टीलाई बिउ भुट्टिन बाट जोगाउँन मद्त मिलोश।
अहिले केहि साथिहरूले आफुलाई जे लाग्यो त्यहि पस्किनु भएकोले हामिलाई लाग्छ त्यो कम्युनिष्टको नैतिकता भित्र पर्दैन।हामिले बारम बार भन्दै आएकाछौं एक घण्टा पनि कसैले संगठनको लागि निस्वार्थ र ईमानदारी पुर्वक काम गरेकोछ भनेपनि त्यो उस्ले दिएको योगदान कसैले दिएन भनेर नदिएको हुंदैन।यहां त लामू समय आधा जीवन वा केहि दशक देखुन संगठनलाई योगदान दिएका नेता पनि हुनुहुन्छ।त्यसकारणले पनि कसैले काम गरेन भनेर भन्छ भने त्यो गलतहो तर कयौं ब्याक्तिहरू जो संगठनको सिन्कैपनि सारेका हुंदैनन उनिहरूले पनि अनाबस्याक संगठनलाई आरोपहरू लगाउँने र मिडियामा अनाप सनाप बोल्ने गर्दछन त्यसलाई मात्र गलत भनिएकोछ।राम्रा लेख लेखौं आ आफ्ना बिचारलाई प्रवाह गरौं त्यसबाट आफ्नो छवि जनताको बिचमा राम्रो बनुश गालि गलौच र अभद्र सैलि अप्नाएर आफुले आफैलाई जनतामा ननङ्गाउँ भनेर भन्न खोजिएकोहो।
राम्रा लेख रचना र शब्य भाषाको प्रयोग गरौं हामि कुनैपनि पार्टीको ब्याक्ति भन्दा पहिले एउटा देशको नागरिक हौं।देशको नागरिक भएपछि सामाजिक ब्याक्तित्वको भुमिका निर्वहा गरौं जस्ले समाजमा भएका कुरितिलाई निफन्न सकुस त्यसपछि बल्ल कुनै पार्टीको बिचारलाई केलाउँने ठिक वा वेठिक भयको प्रमाण सहित बिष्लेषण गर्ने गरौं त्यो पनि अनुसाशित भएर।अध्यायन गरौं कम्युनिष्टनै बन्नेहो भने मालेमाका थुप्रै मास्को बाट प्रकासित भएका किताबको अध्यायन गरौं र देशको अबस्थाको अध्यायन गरौं जस्ले हामिलाई सकारत्मक बिचार पस्किन मद्त गर्नेछ।
अरूलाई गलत भन्नु भन्दा पनि राम्रो आफुलाई जनताको माझमा असल बनेर देखाउँ यहि लेनिनवादी नीतिहो।

चर्चामा

सम्बन्धित समाचार