मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा थपिए २८३ संक्रमित, १५७ जना भारतबाट आएका

सुदूरपश्चिममा थपिए २८३ संक्रमित, १५७ जना भारतबाट आएका

  • आइतवार, माघ २, २०७८
सुदूरपश्चिममा थपिए २८३ संक्रमित, १५७ जना भारतबाट आएका

धनगढी — शनिबार सुदूरपश्चिम प्रदेशमा २ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार २२१ जनाको पीसीआरमार्फत र १ हजार २०८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा २८३ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार जम्मा १ हजार ४२९ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ।

शनिबार संक्रमण पुष्टि भएका २ सय ८३ जनामध्ये एक सय २६ जना भारतबाट आएका नेपाली हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १०३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५, जुलाघाटबाट फर्केका ४ जना र पुलघाट नाका भएर फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिमका नाका भएर आज एक हजार १ हजार ३ सय ६६ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार