शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मार्क्सवादलाई परिमार्जित गर्नेकी पुनर्जिवित गर्ने?

मार्क्सवादलाई परिमार्जित गर्नेकी पुनर्जिवित गर्ने?

  • शुक्रबार, पुस १६, २०७८
मार्क्सवादलाई परिमार्जित गर्नेकी पुनर्जिवित गर्ने?

अहिले दुनिया भरिमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्थामाछ।कम्युनिष्ट क्रान्तिकिरी आन्दोलन रक्षात्मक अबस्थामा भएको बेला मार्क्सवादलाई परिमार्जित गरेर मार्क्सवादको बिकाश होला? कि मार्क्सवादलाई पुनुर्जिवित गरेर त्यसको बिकाश होला हामिले बुझ्नै पर्ने कुरा यहिहो।
मुहि दहि बाट बन्छ कि मुहि बाट दहि बन्छ?मुहि बाट दहि बनाउनको लागि त त्यो फेरी दुधलाई जमाउँन बिधि अप्नाउनुपर्छ।
अहिले मार्क्सवादलाई विस्वभरीका संसोधनबादीहरूले परिमार्जित गर्दा गर्दै यति फिका गराईदिएकाछन जो सेतो त छ तर महिको(टेस्ट)स्वाद छैन।अंझै पनि पानी थप्दै जानेहो भने त्यो कस्तो होला आफै अनुमान लगाउँ।अहिले ठुलाठुला कम्युनिष्टको नेताभनौदा हरूले त्यहि महिमा पानी थप्दै जाने भन्छन।
मार्क्सवाद एउटा विज्ञानहो त्यसमा थप बिकास हुन सक्छ तर त्यसमा परिमार्जित गर्ने ठाउँ हुँदैन।अहिलेका नेताहरूले पार्टीलाई ठुलो बनाउँन सबै बर्गलाई मिसाएपछि त्यो बर्ग बिहिन अथवा श्रमजीवी बर्ग र सोशक बर्गको बिचमा घालमेल गरेपछि त्यसलाई मेलखाने मार्क्सवादको खांचो पर्छ त्यहि कमिलाई पुरा गर्न प्रचण्ड ओलिहरू जस्ता ख्रुचेभका अनुवाईहरूले कमर कसेकाछन।उनिहरूलाई आफ्नो रणनीति पुरागर्ने हथियार भनेको नै परिमार्जित मार्क्सवाद हो।कम्युनिष्ट पार्टीको लोगो र नामले अवसरबादी मनसाय पुरागर्न खोजेका छन।
एउटा गरिब,ज्यामि,किसान र जो परिश्रम गरेर जीवन निर्वा गरेकोछ जो भूमिहिन किसान हो उस्लाई न्याय दिने खालको मार्क्सवाद बर्ग शंघर्ष हो जसलाई संसारभरीका छदम भेसि कम्युनिष्टहरूले तिलान्जलि दिंएर कम्युनिष्ट पार्टीको लोगो लाई मागि खाने भाडो बनाएकाछन।अहिलेको आबस्याकता भनेको बर्ग शंघर्ष हो जो मार्क्सवाद लेनिनवाद र माओ त्सेतुङ्ग बिचारधारामा आधारितछ।अहिले विस्वको कम्युनिष्ट आन्दोलनलाई सहि दिसामा डोराउन अगाडि सरेको क्रान्तिकारी बर्ग
त्यसलाई उनिहरूले जड्शुत्रवाद भन्दै मार्क्सवादी सिधान्त माथि हमलागर्दै आएका कथित कम्युनिष्टहरू स्वायम कम्युनिष्ट आन्दोलनका गद्धार हुन।
नेपालको कम्युनिष्ट आन्दोलनमा यस्तै खाले अवसरबादीहरूले मूल गनतब्य बाट पाखा लगाउँन लगातार कसरत गरेकाछन।अहिले पनि त्यो ब्याबहार सिखरमाछ।अहिले प्रचण्डले त्यो मुहिम छेडेकाछन जो हिंजो मदन भण्डरीले आफ्नो पार्टी भित्र बहुदलिय जनवादलाई नयाजनवाद भनेर नौलोजनवादी क्रान्ति माथि हमला गरेका थिए त्यहि ब्यबहार अहिले प्रचण्डले मार्क्सवादमाथि हमलागर्न अप्नाएकाछन।उनले हिंजो दश बर्ष सम्म देशका होनहार क्रान्तिकारी युवाहरूलाई जनयुद्ध को नाउमा बन्दुक बोकाएर मराए अनि देशको समपत्तिलाई लुटेर लुकाउन सफल भए।आज उनै प्रचण्ड हुन जसले म सबै भन्दा पहिले जागें अब मार्क्सवादलाई परिमार्जित गर्नु पर्छ भनेकाछन।
देशमा आगो बालेर देशका दुश्मनलाई आगो सेक्न लगाउँने नव ख्रुचेव नव लैण्डुवहरू संग क्रान्तिकिरी हरूले शिक्षा लिन पर्छ भन्दै आवहान गरेकाछन।
उनिहरूले मार्क्स वादलाई असफल सिद्धि गर्न मार्क्सवादलाई परिमार्जित गर्ने बिचार गर्छन र मार्क्सवादीहरूलाई जड शुत्रवादी भन्दै अब निद बाट मोन जि लगायतका कामरेड हरू जाग्नुपर्छ भन्दैछन।उन्ले आर्को स्विकार गरेकाछन त्यो के भने नेकपा मसाल उनिहरू भन्दा धेरै अनुसासित पार्टीहो भन्ने कुरा उन्ले स्विकार्छन र भन्छन अब मसाल बाट आएका लोकेन्दर लमसाल लगायतले हाम्रो पार्टीलाई सहि दिसा प्रदान गर्नेछन हाम्रो पार्टीमा फोहोर बढेकोछ।अब भन्नुस ए माओवादी कति फोहोर भरिएको पार्टी रैछ नेकपा मसालले कार्वाही गरेर फालेका समेत त्यँहा गएर उनिहरूको पार्टी एकिकृत माओवादीभित्र भएको फोहोर लाई सफा गर्न सक्छन भन्नेमा परचण्डले बिस्वास गरेकाछन।
अहिले सम्म नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा अनुसाशित पार्टी भनेको ने कपा (मसाल)हो भन्ने कुरा प्रचण्डको अभिब्याक्तिले समेत पुष्टी गरेकोछ।नेकपा मसाल बाट अनुसाशनको कार्वाहीमा परेका लोकेन्दर लमस्लाल लगाएतकाले पनि उन्को पार्टीलाई शुद्धि गर्न सक्छन भने अनुमान लगाउँनुस मसाल कस्तो रैछ?अहिले साथिहरूले भन्नु हुन्छ नेकपा मसालले क्रान्ति गर्न सकिन अब यो भन्दा क्रान्तिकारी पार्टी नेपालभरीमा अहिले सम्म जन्मिएकैछैन अनि जन्माउँन पनि सकिदैन भने मसाललाई किन छोडेर भाग्नु पय्रो भने मसाल ले क्रान्ति गर्न खोजेकोछ उनिहरूलाई त्यो अपच भयो।अब उनिहरू मार्क्स वादलाई परिमार्जित गर्ने ठाउँमा पुगे।
क्रान्तिकारी आन्दोलन हांक्न सितिमिति छैन कामरेड भन्न जति सजिलोछ त्यो बन्न त्यो भन्दा कयौं ठुलो शंघर्ष गर्न सक्नुपर्छ।मार्क्सवादलाई परिमारजित गर्न त सझिलोछ तर मार्क्सवादलाई पुन्रजीवीत गरेर त्यसको बिकास गर्न धेरै कठिन कामहो।दुनियाँ भरिमा मालेमाको खिल्लि उडाएको बेलामा उनैको छत र छाँयामा हुर्किएका नव धनान्ढेहरू जो मार्क्सवादको खोल ओडेर पुँजिवादको खेलखेल्दैछन तिनिहरूलाई मार्क्सवादको परिमार्जित नगरि बांच्नुनैछैन।अहिलेको यो भिषम परिस्थितिमा मालेमाको रक्षा गर्ने जीम्मा कम्युनिष्टका सच्चा हिमाईतिहरूको कांधमा आएकोछ।अहिलेको यो चुनौतिलाई स्विकारेर अगाडि बढ्न सजिलो नभयपनि
जो काम नेकपा मसालले आत्मासाथ गरेर अगाडि बढेकोछ।अहिले हामिले देश र देशका जनताको न्युनतम आबस्याकता नौलो जनवादी क्रान्तिहो र त्यो बर्गशंघर्षको बाटोनै समपन्न हुन्सक्छ।त्यसकालागि मार्क्सवाद-लेनिनवाद र माओ त्सेतुङ्ग बिचारधारा बाटमात्र सम्भबछ भन्दै।देश बिदेशका जनताहरूलाई त्यो आधार तैयार पार्न जन शंघर्ष को थालनि गर्न आबहान गर्दै आएको कुरा कसैबाट लुकेकोछैन।

चर्चामा

सम्बन्धित समाचार