शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • २६० जना डिस्चार्ज हुँदा २६४ संक्रमित थपिए, २ को मृत्यु

२६० जना डिस्चार्ज हुँदा २६४ संक्रमित थपिए, २ को मृत्यु

  • मङ्लबार, पुस १३, २०७८
२६० जना डिस्चार्ज हुँदा २६४ संक्रमित थपिए, २ को मृत्यु

काठमाडौं — पछिल्लो २४ घन्टामा थप २६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५६६ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार थप २६० जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ। मंगलबार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। सोमबार कोरोनाबाट १ जनाले ज्यान गुमाएको थियो।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४९ सय १० रहेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ८३ हजार २६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

चर्चामा

सम्बन्धित समाचार