शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अपठ्यारो बाटो-लघुकथा!

अपठ्यारो बाटो-लघुकथा!

  • बिहिबार, पुस ८, २०७८
अपठ्यारो बाटो-लघुकथा!

सुरेशकुमार पान्डे– मानिस भएर जन्मिए पछि त समाज सँगै चल्न सिक्नुपर्छ।गर्दै आएका कामहरूमा बाधा पुराउँने परमपराको बिरूपद्धमा नचाहिंदा गफलगाएर के मिल्छ?के भयो हजूरलाई?दिनानाथ आफ्ना बाटै कराई रहेको देखेपछि नजिकै पुगेर जुनेलीले सान्तावना दिन खोज्छिन!मलाई केहि भएको होईन केहि त तिम्रो सपुत्रलाई भएकोछ,बरू उसैलाई सम्झाउ!भन्दै गर्जिन्छन।उनि एउटा स्कुलमा मास्टर थिए जुनेली र उनि बाट धेरै उपचार पछि एउटा छोरा जन्मिएको थियो।दिनानाथ आफै पनि एकजना शिक्षक भएकोले आफ्नो छोरालाई राम्रो प्राईबेट स्कुलमा पढाए अहिले उ डाक्टरीको तैयारी गर्दै थियो।क्यामपसमा पढ्ने बेला उ कुनै बिध्यार्थि सँग लिडर भयो।त्यत्तिकै त उ अत्यान्तै टेलैन्ट बिध्यार्थि हो तर आफ्नो बाउ सँग भने उस्को बिचार मेल खांदैन थे।दिनानाथ पनि आफ्नो जमानाको प्रगतिसिल मध्यका हुन तर अहिले त्यो बेलाको जस्तो छैन।दिनानाथको बिचारमा आफ्नो बाउ बाजे बाट चल्दै आएको रिति रिवाज र परमपरालाई जोगाउँनु पर्छ भन्ने गर्थे तर रविले सोझै त्यो रिति रिवाज र बुजुर्वा सँस्कारको बिरूद्धमा आवाज उठाउँथ्यो।सुरूसुरूमा प्रगतिसिल बिचार स्वायम दिनानाथले नै अह्राउँथे तर उन्लाई थाहा थिएन अगाडि गएर आफै सिकाएको बिचारले आफैलाई नोक्सान पुग्ला भन्ने।
अंस्ति देवाली थियो त्यो दिन दिना नाथ र रविको बिचमा कुनै बिषयलाई लिएर चर्का चर्किनै भएछ।यो कुरा जुनेलिलाई अन्तै बाट सुन्दा उ आफैपनि दुखि भयकि थिईन।छोरा किन आफ्नै बाबा सँग यसरी झग्डा गर्छस?अब बाट यस्तो सुन्न नपरूस मलाई भन्दै जुनेलीले रविलाई खुबै सम्झाएकि थिईन।रवि भने आमा सँग केहि बोलेन सिधै आफ्नो बाबा भएको कोठामा पुगेर साँरी पिताजी मैले यति चर्को न बोल्नु थियो बोलेर हजूरको मनमा ठेंश पुग्यो!भन्दै क्षामा माग्यो।तर यो त्यो क्षाणको लागि मात्रै थिएन उस्को बिचार त दिर्घाकालिन थियो।रविले एक प्रकारको अपठ्यारो बाटो छोपेको थियो।उस्ले आफ्नो मन र मष्तिकमा यो बुजुर्वा सँस्कार मान्दै नमान्ने संकलप गरिसकेकोछ।त्यो त्यति सजिलो बाटो थिएन तर पनि उस्ले आफ्नो होश हवासमा यो बाटो चुनेको हो।
दिनानाथलाई रविको बारेमा धेरै कुराले पिरलेको थियो अहिले उन्ले भित्रभित्रै आफैलाई कता कता एक्लो महेशुर्ष गर्दै थिए!कास मैले सुरू देखिनै त्यसलाई पुरानै बिचार धारा छाड्नु हुँदैन भनेर सँस्कार सिकाएको भए हुनेरैछ!उन्ले आफुलाई मनैमन कोस्दै थिए।पहिलो शिशुको गुरू भनेको आमा र बाबा नै हुन हामिले नै शिक्षा दिन सकिएन कि भन्ने उन्लाई लागेको थियो।उता जुनेली ले पनि पहिले आफैले प्रगतिशिल हुनुपर्छ भनेर अह्राउँने अहिले किन भईस भनेर हप्काउँने तेत्रो तन्नेरी भएको छोरालाई!भन्दा झनै दिनानाथ झस्किएका थिए।उन्लाई थाहा थियो रविले केहि मैना भित्रमै आर्को अनौठो शंदेश सुनाउँनेछ त्यो आफुलाई के जुनेलीले पनि सहन सक्ने छैनन्।
कौसिमा बसेर एककोहोरो केहि नियालि रहेका दिनानाथ कतै हराएका जस्तै देखिन्थे।जुनेलीले भित्र बाट एउटा स्वल ल्याई दिईन चिसोको बेलामा पनि दिनानाथलाई आएको पसिनाले अनुमान लगाउँन सकिन्थ्यो उन्को ब्लेड प्रेसर बढेको थियो।यो बेलामा उनि सँग बोल्नु ठिक थिएन जुनेलीले नजिकै गएर उनको पसिना पुछिन र नजिकैको कुर्चिमा बस्न ईसारा गरिन।दिनानाथले एक टक जुनेली तिर हेरे अनि खिसिक्का हांसेको झैं गरेर कुर्चिमा बसे।
जुनेली त्यो दिनको सम्झनाछ तिमिलाई रवीको लागि हामिले आफ्नो परान हाल्थ्यौं?तिमिले त्यसलाई भुँईमा एकछिन मान्दैन थ्यौ!हजूर दिना नाथको प्रश्नको उत्तर दिन्छिन।अहिले हाम्रो छोराले डाक्टरको डिग्रि ल्याएर खुसि पार्छ भनेको कतै छोरा भड्डकिएको जस्तो लागेकोछ मलाई!दिनानाथले संका जाहेर गर्छन।होईन हजूर हाम्रो छोरा धेरै समझ्दारछ एकदिन हजूरको नाम सिखरमा पुराउँनेछ!कास यस्तो होला,दिना नाथले जुनेलिको बिचारलाई बिचैमा रोक्छन।जुनेली तिमि रवि कि आमा हौ तिमिले मम्तामय दृष्टीले हेर्छौ।म मैले आउँने वाला संकटलाई देखेकोछुँ! दिना नाथले स्यु सुस्केरा हाल्छन।
रवीले आफ्नो बुबा सँग क्षामा मागेपछि सके सम्म बाबाको मन दुखाउँने सोचेको भयपनि त्यो उस्को लागि सम्भव थिएन।उस्लाई आफ्नो जमिरले तह दिदैन किन कि भौतिकवादी बाटो छोपेको एउटा कर्णधारले झिना मसिना कुराले आफ्नो उदेश्य र लक्षलाई छाड्ने कुरै भैन।रवीले भौतिकवादी बिचारलाई कुनै पनि हालतमा नछाड्ने निधो गरेको थियो।तर उस्लाई आफ्नो आमा र बाले साथ दिनेछन भन्ने आस पनि थियो।आफुले चुनेको बाटोमा धेरै सङ्कट आई लाग्नेछ।त्यसैले सुरू सुरूमा उस्ले स-साना कुरालाई आफ्नै घरबाट अभ्यास गर्दै थियो।जब सम्म घरका ब्याक्तिले आफ्नो समर्थन गर्दैनन् अरूको सहयोग पनि मिल्दैन भन्नेमा रवी ढुक्क थियो।त्यसैले बिस्तारै उस्ले घरमा अभ्यास गर्दै थियो।
उस्ले पहिले आमालाई आफ्नो बिचार लागु गर्ने अनि पछि बालाई लागु गराउ्न प्रयात्न गर्थ्यो।उ धेरै समज्दार भएर उस्ले त्यसपछि आफ्नो पितालाई मनो वैज्ञानिक रूप बाट बिस्तारै आफु तिर खिच्ने प्रयात्न गर्यो।बाटो धेरै अपठ्यारो थियो तर भबिश्य भने उज्वल थियो।बिस्तारै घरभित्रको कुं सँस्कार रिति रिवाजलाई उस्ले बढार्दै लगयो।यो काममा स्वायम दिननाथले र जुनेलिले साथ दिंदै गएका थिए।आज यो घर पुर्ण रूपले वैज्ञानिक भौतिकवादी बन्न सफल भयो तर अबको अभियान घर बाहिरको थियो।

चर्चामा

सम्बन्धित समाचार