शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

  • बुधबार, पुस ७, २०७८
पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

इलाम– इलाम नगरपालिका८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् ।

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार