शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • विश्वभर एकैदिन थपिए करिब साढे ७ लाख कोरोना संक्रमित

विश्वभर एकैदिन थपिए करिब साढे ७ लाख कोरोना संक्रमित

  • बुधबार, पुस ७, २०७८
विश्वभर एकैदिन थपिए करिब साढे ७ लाख कोरोना संक्रमित

काठमाडौँ — विश्वभर थप ७ लाख ३३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७९ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९२० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा मात्रै एक लाख ७३ हजार ४८२ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसैगरी बेलायतमा ९० हजार ६२९, फ्रान्समा ७२ हजार ८३२, स्पेनमा ४९ हजार ८२३, जर्मनीमा ३५ हजार ४९, रुसमा २५ हजार ९०७ र टर्कीमा १९ हजार ८५९ जना थपिएका छन् ।

निको हुनेमा जर्मनीमा ६५ हजार ५००, अमेरिकामा ६३ हजार ४३२, फ्रान्समा ४९ हजार ३८६, बेलायतमा ४६ हजार ५५७, रुसमा ४० हजार २१९ र टर्कीमा २५ हजार ५३२ जना छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ६५ लाख ५३ हजार २७० पुगेको छ । तीमध्ये २४ करोड ७९ लाख ९८ हजार ३७ जना निको भइसकेका छन् भने ५३ लाख ८४ हजार ४१४ जना संक्रमितको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार