मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता- “आक्रोश कलमको”

कविता- “आक्रोश कलमको”

  • मङ्लबार, पुस ६, २०७८
कविता- “आक्रोश कलमको”

च्याति देऊ त्यो संविधान
जोे देशको लागि योग्य ठहरीएन
कहाँ छ थन्काएर राखेको ?
देश नै अशिक्षित जस्तो भएपछि
देशका टाकुरेले कानुन जस्तो
संवेदनशिल वस्तुलाई अवज्ञा गरे
आफ्नै मुठीमा पारेर कुजमुज्याए
जसले देशलाई भेडीगोठ सम्झिए
यी जनतालाई भेडा सम्झिए ।
आफै बडेमानको ग्वाला ग्वाली ठानी
अहिले जुन घृणीत र खेदजन्य कार्य गरे
आफ्नो औकात छर्लगैँ पारे
जनताले तिमीलाई भेडा ठानिसके
अब तिम्रो चुरीफुरी कति टिक्ला हँ ?
पक्कैपनि जवाफ छैन तिमीसँग
यो देश तिमी ग्वाला ग्वालीको
विर्ता होइन, पेवा होइन बुझ्यौ ?
अझै कति विदेशी गुलामीको
इशरामा नाचेर तमासा देखाउँछौ
लाज पचेका नकचरा नकच्चरी हो
शान्तिका दुत बद्धको योे देश
संसारको शिर प्यारो देश
तिमी नौटंकी नर्तकनर्तकिनीको
नाटक देखाउने रंग मञ्च होइन
हेक्का रहोस् प्यारो यो देश
पुर्खाहरुले नेपालीलाई
नेपालको नाममा छाडेर गएको
स्वाभिमानको चिनो हो ।
देशलाई देश नै रहन देऊ
भो दुनिँयालाई नदेखाऊ
कठपुतलीको तामझामे नाच
जनता लाटा छैनन्
बुझी सके तिम्रा चाहाना
आफैले बनाएको कानुन
आफै मिच्छौ भने
यो देश र यी जनताको सुरक्षा
कदापी गर्नै सक्दैनौ बुझ्यौ उल्लुहरु ।

चर्चामा

सम्बन्धित समाचार