• होमपेज
  • राजनीति
  • मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : भीम रावल

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : भीम रावल

  • शनिबार, पुस ३, २०७८
मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफूसँग छलफल नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको समाचारबाट थाहा पाएको भन्दै आपत्ति जनाएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत रावलले यदि सो कुरा सत्य हो भने आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् । उनले टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् ।

रावलले भनेका छन्– ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए ।

पत्रकारले भीम रावललाई किन पार्टीमा कुनै जिम्मेवारी दिइएन भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका थिए–‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन, त्यस अर्थमा उहाँको कार्य विभाजन भएन । हामीले गरेको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्दछ । जिम्मेवारीका सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग छलफल गर्न सक्नुहुन्छ । केन्द्रीय सल्लाहकार परिषद्मा रहेर उहाँले बेला–बेलामा पार्टीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’ नेता रावलले पार्टी अध्यक्षले मनोनीत गर्ने केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार